Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

२४ जनाले गरे रक्तदान

दोभानचौर खबर by दोभानचौर खबर
May 30, 2024
in समाचार, समाज
0
२४ जनाले गरे रक्तदान
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् ।

हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायत सहभागी थिए ।

समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुमा विहान ७ बजे सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वन विज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसंग बालबालिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै २० गते दिउँसो १ बजे रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने र २१ गते विहान ६ बजे हुप्रचौरबाट उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतना मुलक साइकल र्याली तथा सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताए ।

जेठ २२ गते विहान ७ बजे मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा दिउँसो ३ बजे रोयल पार्टी प्लालेस मा खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

त्यस्तै जेठ २३ गते विहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । सोही दिन वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उनले जानकारी दिए ।

Previous Post

गण्डकीमा बहुमत जुटाउने र मधेशमा विपक्षीको सरकार सुरक्षित गर्ने कांग्रेसको रणनीति

Next Post

परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार