Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रदेशस्तरीय सडकमा बाढीपहिरो अवरोध प्रतिकार्य टोलीको कार्य प्रारम्भ

दोभानचौर खबर by दोभानचौर खबर
August 1, 2024
in समाचार, समाज
0
प्रदेशस्तरीय सडकमा बाढीपहिरो अवरोध प्रतिकार्य टोलीको कार्य प्रारम्भ
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 हेटाैँडा । प्रदेशस्तरीय सडकमा बाढीपहिरो अवरोध प्रतिकार्य टोलीको कार्य प्रारम्भ भएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधर विकास मन्त्रालयले प्रदेशभित्र  रहेका सडकसञ्जालमा हुने बाढी पहिरोको अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली(क्युआरटी) गठन गर्दै कार्य प्रारम्भ भएको जनाएको छ । यातायात पूर्वाधार निर्देशानालय, हेटौँडाका निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजत्वमा ५ सदस्यीय दुत प्रतिकार्य टोली गठनसँगै कार्य पनि प्रारम्भ भएको हो ।

अहिले नेपालमा मनसुन सकृय रहेको अवस्था छ । मनसुनकै कारण पृथ्वी राजमार्गदेखि फाखेल सडक खण्ड जस्ता सडकहरु अवरुद्ध हुने गरेको छ । जसलाई मध्यनजर गर्दै भर्खरै बागमती प्रदेश सरकार भौतिक पूर्वाधर विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री अमन कुमार मास्केले पत्रकार सम्मेलन मार्फत कार्य प्रारम्भ भएको जानकारी दिनुभयो । यस्तै उहाँलेे सबैलाई उत्तरदायी बनाउन उक्त कार्य थालिएको उहाँको बुझाई छ । 

यसैगरी उहाँले उक्त टिमले विशेष गरी तीन वटा कार्य गर्ने छ । जसमा भोलिबाट नै मोबाइल टिम खटाएर सडकको अवस्थाबारे जानकारी समेत दिने जानकारी दिनुभयो । यस्तै भाैतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका सचीव अमृत श्रेष्ठले सम्भावित जोखिमको पहिचान गरी आगामी वार्षिक कार्यक्रममा सम्बोधन गर्दै जान उक्त कार्यले सहयोग पुग्ने बताउनुभयो । यस्तै उहाँले प्रदेशले निर्णय गरेका सडकहरू हाम्रो भन्ने गन्तव्य तय समेत भएको उहाँको बुझाई छ ।  दुई सय ५० सडकहरु प्रदेश सरकारको अधिनमा रहेपनि ४ हजार सडक बनाइ रहेको समेत बताउनुभयो ।  

यसैगरी यातायात पूर्वाधार निर्देशानालय, हेटौँडाका निर्देशक तथा उक्त टोलीका संयोजक पुष्कर प्रसाद पोखरेलले उक्त कार्यलाई जिम्मेवारी ढङ्गले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गरिनुका साथै सुचना सम्प्रेषण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सुचारु गर्ने अन्तरनिकायसँग समन्वय गर्ने कार्य गर्नेछ ।

कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानूनको अधिनमा रहेर टोली स्वंयमबाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने र गर्न लगाउनेछ । प्रादेशिक सडक यातायात गुरुयोजना अन्तर्गत रहेका, सवारी चाप भएका तथा निर्विकल्प रुपमा निश्चित भूभाग जोड्ने मुख्य प्रदेश लोकमार्ग तथा प्रदेश मार्गहरुः सक्रीय मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्‌का कारणवाट आपतकालीन आवागमन समेत अवरुद्ध हुने गरेको छ । न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा स्रोतको प्राभावकारी सदुपयोगका साथै वैकल्पिक पहुँचमार्ग पहिचान र सञ्चालन गर्न सकेको अवस्था छैन । जसले गर्दा  जनसमुदायले सास्ती खेप्नुपरेको अवस्था छ ।

Previous Post

बाढीमा फसेका १५ जनाको उद्दार

Next Post

क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित

क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार