Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

दोभानचौर खबर by दोभानचौर खबर
May 16, 2025
in दाेभानचाैर आज, शिक्षा
0
गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा, बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (TVET Council) हेटौंडा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बीच सीपमूलक तालिम सम्पन्न गरेका परीक्षार्थीहरूको राष्ट्रिय सीप परीक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

CTEVT केन्द्रीय कार्यालय, सानोगाउँ, भक्तपुरमा आयोजित औपचारिक कार्यक्रममा भएको यस सहमतिपत्र अनुसार अब बागमती प्रदेश परिषद्‍का प्रशिक्षार्थीहरूले राष्ट्रिय सीप परीक्षण समितिबाट प्रमाणिकरण परीक्षा दिन सक्नेछन्।

सम्झौतामा राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुङ्गाना, उपनिर्देशक केशव घिमिरे, बागमती प्रदेश परिषद्‍का प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र कार्यालय प्रमुख देवनारायण चौधरी सहभागी हुनुहुन्थ्यो।

सम्झौता पश्चात प्रदेशबाट तालिम लिएकाहरूले राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्न सक्ने भएपछि उनीहरूको रोजगार, स्वरोजगार र व्यवसायमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै निर्देशक शान्ति लामाले चालु आर्थिक वर्षमा अन्य निकायबाट तालिम लिइसकेका वा दोहोरिएर तालिम लिने प्रशिक्षार्थीहरूलाई सीप परीक्षणमा सहभागी नगराइने स्पष्ट संकेत दिनुभयो। उहाँले पहुँचको आधारमा पटक–पटक तालिम लिने प्रवृत्तिले साँच्चिकै सीप सिकेर आत्मनिर्भर बन्न चाहने युवाहरू ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गरेका छन।

“अब तालिमका नाममा तालिम मात्र लिने होइन, सीप सिकेर व्यवसायिक बन्ने वातावरण बनाइन्छ,” उहाँले भन्नुभयो, “दोहोरिएको तालिम लिएका प्रशिक्षार्थीलाई परीक्षणमा सहभागी नगराइने छ।”

अर्कोतर्फ, निर्देशक लामाले आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारले एक लाख भन्दा बढी नागरिकलाई सीप सिकाएर व्यवसायिक बनाउन लक्ष्य लिएको जानकारी समेत दिनुभयो। उहाँका अनुसार अब सरकारको ध्यान सिर्जनशील रोजगारी र आम्दानीमुखी कार्यक्रमहरूमा केन्द्रित हुनेछ।

सीप परीक्षणकै सन्दर्भमा, राष्ट्रिय सीप परीक्षण समितिका निर्देशकले सीप परीक्षण प्रशिक्षार्थीले तालिम लिएको स्थानमै पुगेर लिइने व्यवस्था गरिने जानकारी दिनुभयो, जसले स्थानीय स्तरमै परीक्षण सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

संस्थागत समन्वय र प्रभावकारी कार्यान्वयनमार्फत अब सीपमूलक शिक्षा तथा तालिमले व्यावसायिकताको स्तर वृद्धि गर्दै स्वदेशमै रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Previous Post

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

Next Post

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

RelatedPosts

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार