Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड

Samjhana Gautam by Samjhana Gautam
June 25, 2025
in अर्थ खबर, दाेभानचाैर आज, वागमति प्रदेश, समाचार
0
उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड
18
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, ११ असार
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सामाजिक न्यायलाई आफ्नो नीति तथा कार्यक्रमको मुख्य आधार बनाएको छ।

मंगलबार सम्पन्न गाउँसभामा अध्यक्ष शेरबहादुर सुनुवारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सावित्री सुनुवारले बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत दुवै प्रस्तावहरू सर्वसम्मत रुपमा पारित भएका छन्।

अध्यक्ष सुनुवारले भन्नुभयो, “शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्र बलियो नबनाई विकास सम्भव हुँदैन। यस बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु हाम्रो प्रमुख लक्ष्य हो।“

उमाकुण्ड गाउँपालिकाले ११८ बुँदे कार्यसूचीमार्फत पाँच प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिएको छ:

  1. शिक्षा: प्राथमिक र माध्यमिक विद्यालयहरूको गुणस्तर सुधार
  2. स्वास्थ्य: सेवा स्तरोन्नति, मातृशिशु स्वास्थ्य विस्तार, मानसिक स्वास्थ्य र पोषण कार्यक्रम
  3. पूर्वाधार: सडक सुधार, पुल निर्माण, खानेपानी, सौर्य ऊर्जा र यातायात सञ्जाल विस्तार
  4. पर्यटन: धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धन
  5. सामाजिक न्याय: सामाजिक सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता र महिला सशक्तीकरण

 

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले प्रस्तुत गर्नुभएको बजेटमा गाउँपालिकाले ७ वटै वडामा वडागत आवश्यकता, भौगोलिक अवस्था, जनघनत्व र विकास सूचकको आधारमा बजेट विनियोजन गरेको बताउनुभयो ।

वडा नं स्थान विनियोजन रकम (रु.)
१ गुम्देल    ६१ लाख
२ बाम्तीभण्डार    ६४ लाख
३ कुबुकास्थली    ५५ लाख ५० हजार
४ प्रीति    ६१ लाख
५ प्रीति    ६२ लाख
६ गुप्तेश्वर    ५० लाख
७ भूजी    ६५ लाख ५० हजार

कार्यान्वयन सुदृढीकरणका लागि वडागत योजना व्यवस्थापन समिति र गाउँपालिका अनुगमन समिति सक्रिय बनाइने जनाइएको छ।

गाउँपालिकाले महिला सशक्तीकरण, बालविवाह न्यूनीकरण, घरेलु हिंसा न्यूनीकरण, अपाङ्गता भएका व्यक्तिका अधिकार र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ। साथै, बालबालिका, किशोरी र वृद्ध वृद्धालाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

पूर्वाधार विकासमा गाउँपालिकाले सडक सुधार, पुल निर्माण, खानेपानी योजना, कृषि सिँचाइ र सौर्य ऊर्जामा विशेष जोड दिएको छ। हिमाली बस्तीहरूमा यातायात सेवा विस्तार गर्ने प्राथमिक योजना बनाइएको छ।

पर्यटन प्रवर्द्धनतर्फ उमाकुण्ड धार्मिक स्थल, चुचुरे–गुम्देल–उमाकुण्ड पदमार्ग, प्रीति गुफा र भूजीका ऐतिहासिक क्षेत्रहरूलाई पर्यटकीय गन्तव्य बनाइने योजना अघि सारिएको छ।

उमाकुण्ड गाउँपालिका अब सेवा प्रवाहलाई छिटो, सजिलो र पारदर्शी बनाउन डिजिटल प्रणालीमार्फत अघि बढ्ने भएको छ। गाउँपालिकाले विद्युतीय अभिलेख व्यवस्थापन, अनलाइन आवेदन प्रणाली, नागरिक बडापत्र र मोबाइल एप निर्माण गर्ने योजना बनाएको छ। यसका साथै, नागरिक गुनासो दर्ता, योजना माग संकलन र सार्वजनिक सुनुवाइ प्रक्रिया समेत अब अनलाइनमार्फत सहज रूपमा गर्न सकिने व्यवस्था मिलाइनेछ।

योजना कार्यान्वयनका क्रममा पर्यावरणीय सन्तुलन र जलवायु संरक्षणलाई समेत विशेष प्राथमिकता दिइने भएको छ। वन क्षेत्र संरक्षण, हरित पूर्वाधार निर्माण, सौर्य ऊर्जा प्रवर्द्धन, वातावरणीय शिक्षा कार्यक्रम जस्ता कार्यक्रमलाई सक्रिय रूपमा अघि बढाउनेछ। साथै, ग्रामीण जलवायु जोखिम न्यूनीकरणका लागि नयाँ साझेदारी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

पालिकाले आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ भने बाँकी स्रोत संघीय, प्रदेश सरकार र साझेदारी कार्यक्रमबाट जुटाइनेछ।

Previous Post

मरिण गाउँपालिका : समृद्धिको दिशामा, जनउत्तरदायी नेतृत्वको यात्रामा

Next Post

बागमती प्रदेशसभाः आजको बैठक स्थगन

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
बागमती प्रदेशसभाः आजको बैठक स्थगन

बागमती प्रदेशसभाः आजको बैठक स्थगन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार