Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य

दोभानचौर खबर by दोभानचौर खबर
June 29, 2025
in समाज
0
असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य
49
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

तीर्थ सुवेदी, मन्थली–१, रामेछाप

असार १५ – नेपाली कृषिपरम्पराको गौरवपूर्ण प्रतीक, रोपाईंको चाड, दही–चिउराको स्वाद र माटोसँगको आत्मीय सम्बन्ध झल्काउने दिन। राष्ट्रिय धान दिवसका रूपमा यो दिन ‘उत्सव’ जति हो, त्यति नै ‘संघर्ष’को स्मरण पनि हो। तर विडम्बना, यो दिवस अब फोटो सेसन र फेन्सी समारोहमा सीमित बन्न थालेको छ।

यस वर्ष पनि “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित धान दिवस मनाइँदैछ। तर वास्तविक तथ्य हेर्ने हो भने नेपालमा हालसम्म जम्मा ४५ प्रतिशत खेतमा मात्र रोपाईं सम्पन्न भएको छ। असार झुल्किएदेखि नै पानीको प्रतीक्षा, मलको हाहाकार, जनशक्ति अभाव अनि वर्षेनी दोहोरिने सरकारी हेलचेक्र्याइँले वास्तविक किसानको मनमा चित्त दुखाइ थपेको छ।

आज राजधानीदेखि गाउँसम्म, नेतादेखि कलाकारसम्म गमलामा धान रोप्दै फोटो पोष्ट गर्ने होड छ। करेसाबारीमा दुई मुट्ठा बीउ छर्ने तर खेत बाँझो राख्ने प्रवृत्तिलाई नै हामी अब ‘उत्सव’ भन्छौं। राष्ट्रपतिको हातमा बाउसे देखिन्छ, प्रधानमन्त्री लाठे बनेका छन्, कृषि मन्त्री हलो बोकेका छन्। सामाजिक सञ्जालमा ‘हास्यप्रधान’ कृषि दृश्य देखिन्छ, तर किसानको पीडा भने दृश्यविहीन छ।

वास्तविक किसानहरू त असार लाग्नासाथै खेत जोत्न, बीउ छर्ने, र पानी झरेको मौका छोपेर रोपाईं गर्न भ्याइनभ्याइ व्यस्त छन्। तर ती किसानहरूलाई समयमा मल छैन, बीउ छैन, बजार छैन। अनि तिनको लागि छ – आश्वासन मात्र, जसको मूल्य हरेक वर्ष घटिरहेको छ।

धान दिवस भनिन्छ, तर यस्ता उत्सवहरूले उत्पादन कति बढायो? किसानको आम्दानी कति सुधारियो? सरकारी खर्चको हिसाबकिताब कति पारदर्शी छ? – यी यथार्थ प्रश्नहरूको जवाफ सायद ‘हिलोमा लुकेको’ छ।

आजका बालबालिकालाई धान कसरी फल्छ भन्ने थाहा छैन। गाउँका बाँझो खेतहरू सहरको जग्गा दलालका नक्सामा परिसके। सिंचाइ सुविधा अझै आकाशे पानीकै भरमा छ। अनि मल त कहिले कालोबजारीमा हराउँछ, कहिले अलपत्र पारिन्छ।

वास्तवमा यो दिन केवल दही–चिउरा खाने या हिलो खेल्ने होइन, चेतना बोर्ने दिन हुनुपर्थ्यो। माटो, किसान र उत्पादनप्रति हाम्रो जिम्मेवारी सम्झने अवसर हुनुपर्थ्यो। तर जति गहिरो हुन्छ हिलो, त्यति नै हलुंगो बन्दै गएको छ हाम्रो कृषि चेत।

यसैले, राज्य गम्भीर होओस् – मल समयमै उपलब्ध गराओस्, बीउ सुलभ गराओस्, किसानलाई सिँचाइ र बजारको सुनिश्चितता दिओस्। अनि मात्र ‘धान दिवस’ उत्सव मात्र होइन, आत्मनिर्भरता र सम्मानको पर्व बन्न सक्नेछ।

गमलामा धान रोप्ने शोखलाई होइन, खेतमा पसिना बगाउने कृषकलाई सम्मान गरौं।

अन्त्यमा, ती सारा किसानहरूलाई सलाम, जो अझै पनि आकाशतिर हेर्दै पानीको आशामा माटोसँग संघर्ष गरिरहेका छन्। असार १५ को अवसरमा – सबैलाई रोपाईं दिवस, धान दिवस र दही–चिउरा दिवस २०८२ को हार्दिक शुभकामना!

हामी माटोमै आत्मनिर्भर बनौं।

Previous Post

मन्थलीमा २२औं राष्ट्रिय धान दिवस जगखनीटारमा धान रोपेर उत्सवपूर्वक सपन्न

Next Post

इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने मेरो सपना हो’

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने मेरो सपना हो’

इँटा भट्टामा सघाउँदै ४ जीपीए ल्याएकी गोमा भन्छिन् – 'डाक्टर बन्ने मेरो सपना हो'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार