Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज

दोभानचौर खबर by दोभानचौर खबर
July 7, 2025
in दाेभानचाैर आज
0
मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज
466
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, रामेछाप
मन्थली अस्पतालमा कार्यरत फार्मेसी कर्मचारी बिमल सुबेदीमाथि बिरामी तथा कुरुवामाथि गालीगलौज र अभद्र व्यवहार गरेको गम्भीर आरोप लागेको छ।

खाँडादेबी गाउँपालिकाबाट आएका एक बिरामी औषधि लिन फार्मेसी पुगेका थिए। उनले चिकित्सकले लेखिदिएको पर्ची देखाएर औषधि माग्दा सुबेदीले तिक्त व्यवहार गर्दै, “यो औषधि छैन, पाँच वर्षदेखि छैन,” भनेर झर्किएको बिरामीले बताएका छन्। “मैले ‘किन छैन?’ भनेर सोध्दा, अझै चिच्याउँदै गाली गरे,” ती बिरामीले नाम नखुलाउने शर्तमा दुःख व्यक्त गरे।

फार्मेसीमै कार्यरत सुबेदीले वार्डसम्म आउने बिरामीका कुरुवासँग समेत दुर्व्यवहार गर्ने गरेको आरोप पनि लागेको छ। अस्पताल प्रशासनले समेत यसबारे गुनासोहरू पहिल्यैदेखि आउने गरेको स्वीकारेको छ।

“उहाँ (सुबेदी) विरुद्ध यसअघि पनि गुनासो आएको थियो। विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने तयारीमा छौं,” अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव धामीले जानकारी दिए। फार्मेसी कर्मचारीको कक्ष अस्पतालको मूल भवनमा छ तर व्यवस्थापनमा समस्या भएको डा. धामीले स्वीकारे।

त्यसैगरी, फार्मेसीबाट दिइने औषधि र त्यसको गुणस्तरसम्बन्धी प्रश्नहरू पनि उठ्न थालेका छन्। एक सेवाग्राहीले नाम नखुलाउने शर्तमा भने, “फार्मेसीबाट दिइने औषधि कुन आधारमा प्रयोग गर्ने भन्ने अन्योल हुन्छ। निजी भवनमा राखिएको फार्मेसीबाट औषधि लिँदा डर लाग्छ।”
कर्मचारी सुबेदी मन्थली–१, सानिमदौका स्थानीय हुन्। अस्पतालकै एक कर्मचारीले सुबेदीको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “राजनीतिक पहुँच र व्यक्तिगत दम्भका कारण उहाँले खुलेर दादागिरी देखाइरहनुभएको छ। अस्पतालजस्तो संवेदनशील ठाउँमा यस्तो प्रवृत्ति सह्य हुँदैन।”
यो बिषयमा हामी गम्भीर भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशाब फुयालले जनाएका छन। बदलाको भावाना बोक्ने जोकोहीलाई पनि कानुनी दायरामा नगरले ल्याउछ कराररका कर्मचारीलाई नगरले उपयुक्त नलागे करार भंग गर्ने अधिकार स्वयं नगरलाई छ हामी यस्ता कर्मचारी सदैव लिएर हिड्न नसक्ने समेत उल्लेख गरेका छन।
सुवेदी भन्छन “मैले पनि फार्मेसी पास गरेको छु, मास्टर गरेको छु म कसैसँग डराउने होइन।
अस्पताल प्रशासनले विभागीय कारबाही अगाडि बढाउने बताएको भए पनि यस्ता गम्भीर गुनासो समाधानमा प्रभावकारी कदम चालिएको छैन भन्ने पीडित पक्षको गुनासो छ। अस्पतालमा सेवा लिने सर्वसाधारणले असहज महसुस गर्नु परिरहेको भन्दै, तत्काल सुधारात्मक कार्यको माग गरिरहेका छन्।

 

Previous Post

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

Next Post

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार