Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली माविमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
July 11, 2025
in दाेभानचाैर आज
0
मन्थली माविमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न
41
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार २७

मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयमा कक्षा ११ भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय परिसरको मिडिया हलमा आयोजना गरिएको उक्त कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन र शिक्षकप्रतिको सम्मान संस्कृतिलाई थप मजबुत बनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य हालै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई कक्षा ११ का लागि मन्थली मावितर्फ आकर्षित गर्नु तथा विद्यालयका शैक्षिक, भौतिक पूर्वाधार र उपलब्ध सुविधाबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नगर भित्र रहेका बिधालयका प्रअ तथा नगरस्तरीय सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी समूहमा कक्षा ११ को अध्ययन सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सहभागीहरूलाई पुस्तकालय, प्रयोगशाला, खेलमैदान, छात्रवृत्ति अवसर लगायत विद्यालयका विभिन्न शैक्षिक विशेषताबारे अवगत गराइएको थियो। भर्ना प्रवर्धनमा विद्यालयको सक्रियता सहभागी अभिभावकले सराहना गरेका थिए।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष शिक्षक सम्मान रह्यो। विद्यालयमा लामो समयदेखि योगदान पुर्‍याएका तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउन भूमिका खेल्ने शिक्षकहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। विद्यालय प्रशासनले शिक्षण पेशामा देखाएको निष्ठा, मेहनत र समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षकहरूको योगदानको उच्च मूल्याङ्कन गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दहालले विद्यालयको प्रगति यात्रा प्रस्तुत गर्दै भने, “मन्थली मावि अब नगर मात्र होइन, जिल्लाकै नमूना विद्यालय बन्ने दिशामा अग्रसर छ।” उनले विद्यालय परिवारको साझा प्रयास र अभिभावकको निरन्तर सहयोगले यो सम्भव भएको उल्लेख गरे।

उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं. १ का वडाध्यक्ष होमबहादुर पौडेल तथा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अतिथिहरूले विद्यालयले भर्ना प्रवर्धन र शिक्षक सम्मानमा देखाएको प्रतिबद्धतालाई उदाहरणीय भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

कार्यक्रमले स्थानीय तहमा रहेका शैक्षिक संस्थाहरूलाई विद्यार्थी भर्ना तथा गुणस्तरीय वातावरण निर्माणमा प्रेरणा दिने अपेक्षा गरिएको छ। मन्थली माविले निरन्तर सुधार र समर्पणका माध्यमबाट विद्यालयलाई उत्कृष्टताको यात्रामा अघि बढाइरहेको सन्देश कार्यक्रमले सफलतापूर्वक सम्प्रेषण गरेको छ।

 

 

Previous Post

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

Next Post

गाउँमै सम्भावना फुलाउँदै: मन्थली–८ चिसापानीकी महिलाहरूको कथा

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
गाउँमै सम्भावना फुलाउँदै: मन्थली–८ चिसापानीकी महिलाहरूको कथा

गाउँमै सम्भावना फुलाउँदै: मन्थली–८ चिसापानीकी महिलाहरूको कथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार