काठमाडौं: शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग दुईपक्षीय भेटवार्ता गरेका छन्।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध सुदृढ पार्ने, व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि दुवै नेताबीच कुराकानी भएको छ।
सो अवसरमा पूर्वउपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईसहित अन्य अधिकारीहरूको उपस्थितिमा भेटवार्ता सम्पन्न भएको थियो।






