Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लोपउन्मुख राउटे समुदायको जनसङ्ख्या बृद्धि भएको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
November 26, 2021
in समाज
0
लोपउन्मुख राउटे समुदायको जनसङ्ख्या बृद्धि भएको छ ।
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएको देखिएको छ । जारी जनगणनामा उनीहरूको गणना भएको हो । स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो । यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-१ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।

एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हे । यो क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेको गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर गण टोलीले दुई दिन लगाएर गणना गरेको हो । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन भएको छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।

लोपोन्मुख राउटे समुदाय सल्यानमा बसाइँ सरेपछि उनीहरूको मृत्युदरमा केही कमी आएको छ । गतवर्ष मंसिरदेखियता मात्र १८ राउटेको मृत्यु भएको थियो । पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ ।

गणनामा केहीको संख्या बढेको भए पनि वर्षेनी राउटेको संख्या घट्दो छ । सरकारले दिने भत्ता उनीहरू रक्सीमा खर्च गर्ने गरेको देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो छिटो बसाइँ सर्ने गर्छ ।

जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेहरु पछिल्लो दुइ महिनामा मात्र १० वटा ठाउँमा सरिसकेका छन् । पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।

Previous Post

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज सुर्खेत जादै

Next Post

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदै

RelatedPosts

नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
समाज

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

March 23, 2026
Next Post
एमाले महाधिवेशन: कर्णालीका सबै जिल्लाहरुमा  प्रतिनिधि सर्वसम्मत चयन

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार