काठमाडौं: जेन–जी पुस्ताले भदौ २३ र २४ गते आयोजना गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ। मृतकमध्ये तीन जना नेपाल प्रहरीका सुरक्षाकर्मी रहेका छन्।
प्रहरी स्रोतका अनुसार प्रदर्शनका क्रममा २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ। साथै, १८ जना सर्वसाधारण र ९ जना कैदीबन्दीको पनि ज्यान गएको पुष्टि गरिएको छ।
ज्यान गुमाउनेहरूमध्ये केहीको अन्तिम दाहसंस्कार आज पशुपति आर्यघाटमा गरिएको छ। घटनासँग सम्बन्धित थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।







