Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

दोभानचौर खबर by दोभानचौर खबर
October 13, 2025
in समाचार
0
समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, २७ असोज

गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनुभएको छ।

विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

गृहमन्त्री अर्यालले भन्नुभयो, “नेपाल विपद् संवेदनशील क्षेत्रमा छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यत्तिकै विपद्को उच्च जोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठुलो क्षति बेहोर्नुपरेको छ, यसका कारण विकासको गतिसमेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठुला भूकम्प र बाढीपहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।”

गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताउनुभयो। उहाँले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन् ती सबै निकाय जिम्मेवार हुनुपर्छ भन्नुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्त्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो।

रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आँकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल  बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ। आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ। रासस

Previous Post

सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत

Next Post

सुन–चाँदीको मूल्यमा कीर्तिमान: सुन तोलाको रु २ लाख ४० हजार ४ सय

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post

सुन–चाँदीको मूल्यमा कीर्तिमान: सुन तोलाको रु २ लाख ४० हजार ४ सय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार