Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

दोभानचौर खबर by दोभानचौर खबर
November 9, 2025
in दाेभानचाैर आज, समाचार
0
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जीवनमा आउने दुःख र सङ्घर्षलाई खुसीका साथ स्वीकार गर्न सके जीवन सहज र सुखमय बन्ने बताएका छन्।

प्रेस काउन्सिल नेपाल र जीवन विज्ञानको सहकार्यमा सञ्चारग्राममा आयोजित ‘संवाद र सञ्चारमा स्वजागरण : सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुन सक्ने क्षमतालाई नै जीवनको सबैभन्दा ठूलो सुखको रूपमा व्याख्या गरे।

उनले भने, “दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ। त्यसैले दुःखमा समेत खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। मनमा शान्ति र खुसी हुनु नै जीवनको वास्तविक सुख हो।”

मन्त्री खरेलले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक रूपमा होइन, सकारात्मक सोच र आत्मसन्तुष्टिसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहन्छ भन्ने विश्वास व्यक्त गरे।

पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रही अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले सरकारी जिम्मेवारीका कारण पुराना साथीहरूसँगको सम्बन्ध घटेको र कामको चापका कारण तनाव बढेको पनि बताए।

कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्दै मानिसले आफ्नो भित्रको खुसी खोज्न नसक्दा आत्महत्या र मानसिक तनावका घटना बढिरहेको बताए।
उनले भने, “खुसी कुनै बाहिरी कुरा होइन, त्यो हाम्रो मनभित्र लुकेको छ। आफूभित्रको खुसीलाई उजागर गर्न सक्न जरुरी छ।”

शर्माका अनुसार, जीवन विज्ञान अभ्यासले व्यक्ति आत्मअनुभूति, ध्यान र आत्मचिन्तनतर्फ उन्मुख गराउँछ, जसले मानसिक सन्तुलन कायम गर्न र आत्महत्याका घटनामा कमी ल्याउन सहयोग पुर्‍याउँछ।

प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले पनि जीवनको मूल सार खुसी र सन्तोषमा रहेको बताउँदै हरेक व्यक्तिले आफ्नो भित्रको खुसी महसुस गर्न सिक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि र जीवन विज्ञान अभ्यासकर्ताको उल्लेखनीय उपस्थिति थियो।

Previous Post

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा

Next Post

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार