Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2025
in समाचार, समाज
0
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: यस वर्षको असामान्य वर्षाका कारण देशभर धान उत्पादनमा करिब पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध तथ्याङ्क र क्षतिको प्रारम्भिक मूल्यांकनका आधारमा यस्तो अनुमान गरेको हो।

वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा करिब तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान गरिएको छ।

जोशीका अनुसार जलवायु परिवर्तनका प्रभावले बाढी, वर्षा र भूक्षयलगायतका विपद्का कारण सबैभन्दा बढी असर कृषि क्षेत्रमा परेको छ। विगत केही वर्षयता धान उत्पादनमा निरन्तर वृद्धि हुँदै आएको भए पनि यस वर्ष लक्ष्यमा पुग्न कठिनाइ देखिएको मन्त्रालयले जनाएको छ।

धान पाक्ने समयमा निरन्तर वर्षा भएकाले किसानले समयमै धान काट्न र भित्र्याउन नसक्दा ठूलो क्षति बेहोर्नु परेको छ। धेरै ठाउँमा खेतमै राखिएको धान पानीले भिजेर कुहिएको छ, जसले कुल उत्पादनमा प्रत्यक्ष असर पारेको मन्त्रालयको निष्कर्ष छ।

मौसम पूर्वानुमान विभागले सम्भावित वर्षाको जानकारी समयमै दिएका कारण मन्त्रालयले किसानलाई सतर्कता अपनाउन र मौसम अनुकूल भएपछि मात्र धान काट्न सुझाव दिएको थियो। मन्त्रालयले मल, बीउ, प्रविधि र प्राविधिक सहयोगमार्फत किसानलाई सहजीकरण गर्दै आएको जनाएको छ।

Previous Post

सामुदायिक विद्यालयका जग्गा हिनामिनाको आशंका, मन्त्रालयले देशभरबाट विवरण माग्यो

Next Post

हस्ताक्षर प्रमाणीकरणले पार्टीभित्र विभाजन निम्त्याउन सक्छ: डा. कोइराला

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
Next Post
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला

हस्ताक्षर प्रमाणीकरणले पार्टीभित्र विभाजन निम्त्याउन सक्छ: डा. कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार