Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2026
in समाचार, समाज
0
आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटासाट गर्ने परम्परा छ।

वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र भाइचाराको सन्देश बोकेको फागु पर्व प्राचीनकालदेखि मनाइँदै आएको छ। केही वर्षअघिसम्म उपत्यकामा उच्छृंखल रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा सुरक्षाकर्मीको सक्रियताका कारण मर्यादित बन्दै गएको छ। सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने प्रवृत्ति करिब अन्त्य भएको देखिन्छ।

यस अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा गाडिएको चिर विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वास गरिन्छ भने चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुख सिँगारी चिर गाडेपछि फागु सुरु भएको मानिन्छ। आजै राति ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र मासु चढाई परम्परागत विधि पूरा गर्ने चलन पनि रहेको छ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्न खोज्दा आगोले नजल्ने वरदान पाएकी होलिका स्वयं भष्म भएको कथा यस पर्वसँग जोडिएको छ। शक्तिको दुरुपयोगको अन्त्य भएको प्रतीकका रूपमा होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ। द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाको वधपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि धर्मग्रन्थमा उल्लेख छ।

आयुर्वेदका अनुसार प्राकृतिक रङ तथा अबिरको प्रयोगले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने र चिरको धुवाँले जाडोयामका कीटाणु नष्ट गर्ने विश्वास छ।

फागु पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा अनुसार यस वर्ष पनि मङ्गलबार होली मनाइँदैछ।

हालका वर्षहरूमा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, हानिकारक रासायनिक रङ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हान्ने जस्ता विकृति घट्दै गएको देखिन्छ। यस दिन विशेष परिकार सेवन गर्दै, बाजागाजासहित नाचगान गर्दै समूहगत रूपमा रमाइलो गर्ने परम्परा अझै कायम छ।

थकाली समुदायले रङ्गीबिरङ्गी पोसाकमा सजिएर परिवारसहित भेला भई तीरन्दाजी प्रतियोगिता आयोजना गर्ने चलन पनि यस पर्वको विशेषता हो। सात दिनसम्म चल्ने फागुमा आफन्तजन भेला भई मिठा परिकारसहित उत्सव मनाइन्छ।

Previous Post

सदनमा भौतिक उपस्थिति मेरो, आवाज जनताकोः ‘ठेकी’ चिन्हका उम्मेदवार थापा

Next Post

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार