Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

दोभानचौर खबर by दोभानचौर खबर
April 17, 2026
in शिक्षा र स्वास्थ्य खबर, समाचार
0
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बागमती : स्वास्थ सेवामा सबै नागरिकको सहज पहुँच पुर्‍याउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको स्तरोन्नतिसँगै विस्तारलाई जोड दिएको छ।

प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर स्तरोन्नतिसँगै विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिइएको जनाएको छ।

जिल्ला जिल्लामा डाईलोसिस तथा प्रसूति तथा स्त्रीरोग सेवा विस्तार गरिरहेको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभरका प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा डिजिटल हेल्थमार्फत सेवा प्रवाहको काम अघि बढाइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बताए।

स्वास्थ्य सेवामा सुधार गरी सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले ‘एक जिल्ला एक हेल्थ सिटी’, ‘एक विद्यालय एक नर्स’ र ‘एक पालिका एक नमुना अस्पताल’लगायत कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

स्वास्थ्य सेवा प्राप्त गर्न लाइनमा बस्नुनपर्ने भएको छ। मन्त्रालयले स्वास्थ्य संस्थामा अनलाइन टिकटको व्यवस्था गरेको छ। निःशुल्क रक्तसञ्चार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरी निःशुल्क रक्तसञ्चार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीमा गरिब तथा विपन्न नागरिकहरुका लागि निःशुल्क रक्तसञ्चार सेवा प्रादेशिक अस्पतालबाट उपलब्ध हुने व्यवस्था मिलाएको छ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन कार्यविधि २०७९ लाई संशोधन गरी प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको परीक्षण र बिरामीलाई उपचारको व्यवस्था मिलाइएको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग सामञ्जस्यता हुने गरी ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी एक घण्टा, मेरो लागि’ कार्यक्रम समुदायस्तरमा सञ्चालन गरिरहेको प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई प्रदेशका १३ वटै अस्पतालमा निःशुल्क मानसिक चिकित्सकीय उपचार सेवा प्रदान गरेको छ।

प्रदेशका हेटौँडा उपमहानगरपालिका, चन्द्रागिरि नगरपालिका, मेलम्ची नगरपालिकालाई स्वास्थ्य सहरको अवधारणा कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाका कम्तीमा एउटा स्वास्थ्य संस्थालाई नमुना स्वास्थ्य संस्थाका रुपमा विकास र विस्तार गर्ने प्रक्रिया सुरुआत गरेको छ।

भक्तपुर, सिन्धुली, बकुलहर र धादिङ अस्पतालमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाका लागि प्रारम्भिक क्रियाकलाप सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुआत गरेको छ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा विस्तार गर्न लागेको प्रदेश सरकारले सिन्धुली जिल्लामा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन भइसकेको र मकवानपुर तथा रामेछाप जिल्लामा चाँडै आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री थापामगरले बताए।

आयुर्वेद औषधि उत्पादन केन्द्रबाट अन्धगन्धा, सितोपलादी, आमलकि, अविवत्तिकर, त्रिफला, निम्वादी, विल्वादी, हिङ्गवाष्टक, महासुदर्शन, पुष्यानुग गरी १० प्रकारका चुर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरेको मन्त्रालयले चालु आर्थिक वर्षदेखि थप ११ प्रकारका औषधि उत्पादनको प्रक्रिया अगाडि बढाएको छ।

एमडी एवं एमएसका सात वटा कार्यक्रम सञ्चालन गर्दै आएको बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबिबिएस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीलाई अध्यापन सुरु गरिएको मन्त्री थापामगरले बताए।

सीमान्तकृत, लोपोन्मुख आश्रममा आश्रित आपाङ्गता ‘ख’ वर्गका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका र श्रमजीवी पत्रकारहरुका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुहुँदै प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य निर्देशिक जारी गरिएको जानकारी दिए। रासस

Previous Post

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

Next Post

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार