Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

दोभानचौर खबर by दोभानचौर खबर
August 4, 2026
in दाेभानचाैर आज
0
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
55
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको सुनापती गाउँपालिका ४ स्थित डहु माध्यमिक विद्यालय पछिल्ला केही वर्षयता शैक्षिक उपलब्धिका कारण मात्र होइन, मानवीय मूल्य र सामाजिक उत्तरदायित्वका कारण पनि फरक पहिचान बनाउँदै आएको छ। विद्यालयले पढाइसँगै समुदायसँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिएको छ। यही संस्कारको एउटा जीवन्त उदाहरण हालै देखियो।

ब्लड क्यान्सरसँग संघर्ष गरिरहेका बलराम तामाङको उपचारका लागि विद्यालयले ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्‍यो। यो सहयोग केवल आर्थिक सहायता मात्र थिएन, विद्यालयले आफ्ना शुभेच्छुक र समुदायप्रतिको कृतज्ञता व्यवहारमै देखाएको उदाहरण पनि थियो। विद्यालयका प्रधानाध्यापक बलबहादुर तामाङका अनुसार डहु माध्यमिक विद्यालयले शिक्षा भनेको कक्षाकोठाभित्रको सिकाइमा मात्र सीमित नरहेको विश्वास राख्दै आएका छन।

प्रअ तामाङका अनुसार, “शिक्षकले इमानदारीपूर्वक काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सक्छ। विद्यार्थीलाई पढाउने मात्रै होइन, समाजप्रति उत्तरदायी नागरिक बनाउने दायित्व पनि शिक्षककै हो।”
उनले विद्यालयलाई यहाँसम्म ल्याउन मान बहादुर दोङ परिवारले वर्षौँदेखि आर्थिक, भौतिक र नैतिक रूपमा दिएको योगदान विद्यालयले कहिल्यै नबिर्सने बताए। “हिजो विद्यालयलाई साथ दिने परिवार आज कठिन परिस्थितिमा छ। यस्तो बेला विद्यालय मौन बस्न मिल्दैन। सहयोग गर्नु हाम्रो कर्तव्य हो,” प्रअ तामङले भने।

प्रधानाध्यापक तामाङका अनुसार डहु माध्यमिक विद्यालयले केही वर्षदेखि समुदायसँगको सम्बन्धलाई व्यवहारमा उतार्ने अभियान सञ्चालन गर्दै आएको छ। विद्यालयलाई साथ दिने अभिभावक, शुभेच्छुक वा समुदायका सदस्यलाई समस्या पर्दा विद्यालय आफैँ साथमा उभिने संस्कार विकास गरिएको उहाँको भनाइ छ।
“हामीले विद्यार्थीलाई पाठ्यपुस्तकका कुरा मात्र सिकाए पुग्दैन। मानवता, सहयोग, सम्मान र सामाजिक उत्तरदायित्व पनि सिकाउनुपर्छ। शिक्षक आफैँ उदाहरण बनेपछि विद्यार्थी र समाज दुवै सकारात्मक रूपमा बदलिन्छन्,” तामाङले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुनापती गाउँपालिका–४ का वडा अध्यक्ष डण्डुप लामाको हातबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। विद्यालय परिवारका अनुसार यो सहयोगले आर्थिकभन्दा बढी आत्मबल प्रदान गर्ने विश्वास गरिएको छ।
डहु माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ।

Previous Post

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

Next Post

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार