कहिले आधा बन्नु कहिले पूरा बन्नु ।
पीडा तँ मेरो जिन्दगीको हिस्सा बन्नु ।।
म तिम्रा आँखाको ज्योति बनुला ।
तिमी सधैं मेरो सुन्दर आँखा बन्नु ।।
धेरै आँसु झारियो अब कहिले झारिन्न ।
ए दिल कसैले कथा भन्दा तँ ढुङ्गा बन्नु ।।
जिन्दगी जिन्दगी बन्नु चानचुने होला ।
चानचुने हैन यो जिन्दगी कथा बन्नु ।।
‘चाँदनी’लाई दोष दिनु ठिकै हो जगतले ।
त्यति सजिलो पनि कहाँ छ चन्द्रमा बन्नु ।।