तिमी के चाहान्छौ के कुरामा चित्त बुझेको छैन ।
केही पत्थर नकुल्चेर म पनि मन्दिर पुगेको छैन ।।
फेरी पनि तिमीलाई माया गर्छु भनीदिउ लाग्छ ।
फेरी सम्झिन्छु तिमीले दिएको ऐना हराएको छैन ।।
यहाँ लडेर मरेकाहरुको शालिक बनाउदै छौ ।
हिड्दा ख्याल गर्नु अझै यो बाटो बनेको छैन ।।
बाँच्नलाई घर बनाएकाहरु घरमै मरेर आउँछन् ।
यी हेरन मैले बनाएको घाटमा कोही मरेको छैन ।।
लक्ष्मण आजाद, दैलेख