काठमाडौं । पल शाह बलात्कार मुद्धामा बालिकाले अदालतमा बयान फेरिकि छन् । कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले नै तनहुँ जिल्ला अदालतमा आईतबार बकपत्र दिने क्रममा आफुमाथि बलात्कार नभएकाृ भन्दै बयान फेरेकी हुन् ।
नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेके भनेका छन् । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको र अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।
‘कानुन व्यावसायिका अनुसार केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटेर मेरो दाइलाई छुटाइ दिनुस् दुई जनाको बिहे गरिदिने जिम्मा मेरो भयो भनेर रोईकराई गरेकाले नाबालिका र उनको परिवारको मन पग्लिएको बताएका छन् । जबर्जस्ती करणीको मुद्दामा जाहेरीकर्ताले बयान फेर्दा हुने कारबाहीको बारेमा उँहाहरुलाई पटकपटक सम्झाइबुझाई गरेको र अदालत जादा समेत बयान नफेर्ने भनेको तर एक्कासी बयान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताएका छन् ।
अब, अदालतमा बालिकाका बुवा आमा लगायतको बकपत्र भने बाँकी रहेको र बुवा, आमा लगायतले गर्ने बकपत्रको आधारमा मुद्दा कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ । यो भन्दा पहिले पनि पीडितले बिगतमा पनि अदालतमा बयान फेरेका घटना भएका र अदालतले प्रहरीकोमा दिएको बयान भन्दा अदालतमा गरेको बयानलाई महत्व दिने र मुद्दा छिनोफानो यसैलाई आधार मान्ने गरेको छ ।