काठमाडौं । सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन भएर सकिएको छ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन भएर सकिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आजै फेरि बस्ने छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।
यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । त्यस्तै आइतबार बसेको बैठक पनि निष्कर्षविहीन भएको थियो ।