Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

दोभानचौर खबर by दोभानचौर खबर
October 17, 2023
in समाचार
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे।

आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेला आएको बताए।

‘गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो’, अध्यक्ष ओलीले भने, ‘विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैन, व्यावहारिक अभ्यासलाई पढाइसँगै अघि बढाउने शिक्षा आजको आवश्यकता हो।’

उनले कृषि विषय अध्ययनरत विद्यार्थीलाई किसानको खेतबारीमा प्रत्यक्षरुपमा पुगेर व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गरे। व्यावहारिक अभ्यासबिनाको सैद्धान्तिक ज्ञान उपयोगी नहुने उनको भनाइ थियो।

नेपाली हावापानी र माटो उर्बर भएकाले थोरै जग्गा भएका प्रत्येक नागरिकले पनि कृषि कर्म गरेर उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन मुलुकको कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले नेपालमा कृषि तथा वन विज्ञान विषयमा भइरहेको पठनपाठनका विषयमा जानकारी दिएका थिए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले गौरादहमा रहेको कृषि क्याम्पस कोशी प्रदेशकै गौरव भएको बताए। गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले कृषि विज्ञान पढ्ने विद्यार्थीका लागि निःशुल्क कोटा बढाउनुपर्ने र गौरादहमा भेटनरी अस्पताल स्थापना गर्न माग गरे।

गौरादह कृषि क्याम्पसमा हाल दुई सय ३६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। क्याम्पसको पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले छ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिए।

तीन तले १४ कोठे सो भवन तीन वर्षअघि निर्माण प्रारम्भ भएको थियो। भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ। क्याम्पसले कृषि स्नातक तहको दुई ब्याचको अध्ययन पूरा गरिसकेको खनालले बताए।

Previous Post

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

Next Post

सुष्मा र आकृतिको मौलिक दसैँ

RelatedPosts

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने
समाचार

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने

November 17, 2025
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
समाचार

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

November 14, 2025
जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद
समाचार

जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद

November 13, 2025
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
समाचार

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

November 13, 2025
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
समाचार

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

November 12, 2025
सामुदायिक विद्यालयका जग्गा हिनामिनाको आशंका, मन्त्रालयले देशभरबाट विवरण माग्यो
शिक्षा र स्वास्थ्य खबर

सामुदायिक विद्यालयका जग्गा हिनामिनाको आशंका, मन्त्रालयले देशभरबाट विवरण माग्यो

November 12, 2025
Next Post
सुष्मा र आकृतिको मौलिक दसैँ

सुष्मा र आकृतिको मौलिक दसैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार