Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

दोभानचौर खबर by दोभानचौर खबर
October 17, 2023
in समाचार
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे।

आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेला आएको बताए।

‘गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो’, अध्यक्ष ओलीले भने, ‘विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैन, व्यावहारिक अभ्यासलाई पढाइसँगै अघि बढाउने शिक्षा आजको आवश्यकता हो।’

उनले कृषि विषय अध्ययनरत विद्यार्थीलाई किसानको खेतबारीमा प्रत्यक्षरुपमा पुगेर व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गरे। व्यावहारिक अभ्यासबिनाको सैद्धान्तिक ज्ञान उपयोगी नहुने उनको भनाइ थियो।

नेपाली हावापानी र माटो उर्बर भएकाले थोरै जग्गा भएका प्रत्येक नागरिकले पनि कृषि कर्म गरेर उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन मुलुकको कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले नेपालमा कृषि तथा वन विज्ञान विषयमा भइरहेको पठनपाठनका विषयमा जानकारी दिएका थिए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले गौरादहमा रहेको कृषि क्याम्पस कोशी प्रदेशकै गौरव भएको बताए। गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले कृषि विज्ञान पढ्ने विद्यार्थीका लागि निःशुल्क कोटा बढाउनुपर्ने र गौरादहमा भेटनरी अस्पताल स्थापना गर्न माग गरे।

गौरादह कृषि क्याम्पसमा हाल दुई सय ३६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। क्याम्पसको पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले छ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिए।

तीन तले १४ कोठे सो भवन तीन वर्षअघि निर्माण प्रारम्भ भएको थियो। भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ। क्याम्पसले कृषि स्नातक तहको दुई ब्याचको अध्ययन पूरा गरिसकेको खनालले बताए।

Previous Post

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

Next Post

सुष्मा र आकृतिको मौलिक दसैँ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सुष्मा र आकृतिको मौलिक दसैँ

सुष्मा र आकृतिको मौलिक दसैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार