शर्मीला बिसुन्के, रामेछाप।
नेपाल बार रामेछापका निवर्तमान अध्यक्ष एवं कानून व्यवसायी बिचार सिंह दोङ (तामाङ) को हृदय घातबाट निधन भएको छ । गएराति एक्कसी छातीमा समस्या भएपछि मन्थली स्थित तामाकोशी अस्पतालमा १ बजे लगिएको केही बेरमा डाक्टरले मृत घोषणा गरेको हुन् । लामो समय देखि कानून व्यवसायी र मानव अधिकार सञ्जालको क्षेत्रमा काम गर्दै आउनु भएका दोङको निधनले अत्यन्तै दुखित बनाएको नेपाल बार एसोसिएसन, जिल्ला बार इकाई रामेछापका अध्यक्ष पाण्डव प्रसाईँले बताउनुभयो ।