Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

दोभानचौर खबर by दोभानचौर खबर
January 16, 2024
in समाचार
0
नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल डेरी एसोसिएसनले रजत जयन्ती एवं २५औं स्थापना दिवस आगामी माघ ७ गते गर्ने निर्णय गरेको छ ।

एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ ७ गते रजत जयन्ती एवं २४ औँ वार्षिक साधारण सभा गर्नेबारे जानकारी गराएको हो । २०५५ साल माघ ७ गते स्थापना भएको दिनदेखि नै आफ्ना डेरी उद्योगी सदस्यहरुको हक हितमा काम गर्दै आईरहेको एसोसिएसनले हरेक वर्ष माघ ७ गते स्थापना दिवस मनाउदै आईरहेको छ ।

एसोसिएसनको चिनारी :

नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भइ निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । २०५५ साल माघ ७ गते जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा दर्ता नं. ५६३–०५५–५६ विधिवत दर्ता भई संचालनमा रहेको छ । यस संस्थामा देशभरिबाट २७५ सदस्यहरु रहेका छन् । हाल एसोसिएसन साथ प्रदेश र १५ जिल्लामा आफ्नो संगठन बिस्तार गर्दै काम गरिरहेको छ ।

यस एसोसिएसन स्थापना गर्दा निम्न ब्यक्तिहरु संस्थापकको रुपमा रहनु भएको थियो । वहाँहरुलाई एसोसिएसन सदा उच्च सम्मान गर्दछ ।
१. राजेन्द्र गोपाल श्रेष्ठ
२. हरिहर तण्डुकार
३. राजन प्र. दाहाल
४. राम कुमार खड्का
५. मेघराज भण्डारी
६. डि.एन. पा
७. सुरेश बहादुर श्रेष्ठ
८. पान ब. घर्ती
९. स्व. हरि प्रसाद सापकोटा

नेपाल डेरी एसोसिएसन स्थापना हुनुको उद्देश्य ः

यस एसोसिएसनको प्रमूख उद्देश्य भनेको दुग्ध प्रशोधन व्यवसायीहरुको सामुहिक व्यवसायीक हक, हित, सुरक्षा र उन्नतिका लागि काम गर्नु रहेको छ । उद्यागीहरुको सुझाव, समस्या, गुनासाहरु छलफल गरी सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्न प्रतिनिधित्व गर्ने हो । दुग्ध प्रशोधनहरुको प्रबर्द्धन, विकास र संरक्षणको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने हो । व्यवसाय प्रबर्द्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्था, निकाय वा संगठनहरुसँग सहकार्य गरी नयाँ उत्पादन, नयाँ प्रविधिको अनुसन्धान तथा विकास गर्न व्यवस्था मिलाउनु एवं समन्वय गर्नु हो । स्वच्छ तरिकाबाट दुध तथा दुग्ध पदार्थ प्रशोधन, उत्पादन, बजार व्यवस्थापन र व्यापारिकरण गर्न व्यवसायीहरुको ज्ञान अभिवृद्धि गर्ने आदि विभिन्न अन्य वातावरण संरक्षणका लागि प्रशोधन तहमा सल्लाह सुझाव लगायत व्यवसायीहरुको विभिन्न किसिमका हितमा काम गर्ने हो ।

नेपाल डेरी एसोसिएसनले स्थापनाकालदेखि हालसम्म गरेका महत्वपूर्ण र मूख्य उपलब्धिहरु ः
उपलब्धिहरु ः

१. यस एसोसिएशनले आफ्ना विगतदेखि वर्तमानसम्मका गतिविधि सम्बन्धित निकायहरुबाट उपलब्धिमुलक रचनाका साथै डेरी उद्योगसँग सम्बन्धित विषय वस्तुलाई समाविष्ट सहितको बुलेटिन “डेरी दर्पण“ मिति २०६८ सालदेखि हाल २०८० सालसम्म चौथो अंक प्रकाशनमा ल्याएको छ ।
२.नेपाल डेरी एसोसिएसनले निरन्तर आफ्नो वार्षिक भित्तेपात्रो प्रकाशन गरिरहेको छ ।
३. थोरै सदस्यहरुबाट शुरु भएको यस एसोसिएसन आज २७५ डेरी उद्योगीलाई सदस्य बनाई संगठित गर्न सफल भइएको छ । अझ थप सदस्यहरु आउने क्रम जारि रहेको पनि जानकारी गराईन्छ
४. हालसम्म एसोसिएसनले ९औं अधिवेशन सम्पन्न गरिसकेको छ भने १० जना अध्यक्ष पाइसकेको छ ।
५. शुरु देखि नै कार्य योजना निर्माण गरि वार्षिक क्यालेण्डर अनुसार कार्य सम्पादन हुँदै आएको छ ।
६. संगठन सुदृढिकरणका लागि सातै प्रदेश भ्रमण गरि कार्य सम्पादनको प्रक्रिया तथा अभिलेखिकरणमा सल्लाह सुझाव दिएको र मोबाइल बैठकको शुरूवात गरि हाल सबै स्थानमा पुगिसकेको छ ।
७. वार्षिक कार्य तालिका बनाई पूर्व तयारी अनुसार क्षेत्रिय, जिल्ला र प्रादेशिक रुपमा छलफल एवं बैठक सम्पन्न हुँदै आएको छ
८. दुग्ध क्षेत्रमा देखिएका हरेक समस्याका विषयमा समय समयमा बैठक बसि छलफल चलाईएको र समस्याहरुको लागि विशेष जिम्मेवारीका साथ काम गरिएको छ ।
९. सम्बन्धित स्टेक होल्डरहरुलाई एककृत गरि समस्या पहिचानका साथै सोको निराकरणको लागि पहल गरिएको
१०. एसोसिएशनबाट सम्पादित गतिविधिहरुलाई रेडियोबाट मासिक रुपमा र अन्य संचार माध्यमद्वारा जानकारी गराउने गरिएको छ ।
११. सम्बन्धित विभिन्न निकायहरु जस्तै ः राष्ट्रिय दुग्ध विकास वोर्ड, पशु सेवा विभाग, उद्योग वाणिज्य महासंघ तथा सरोकार मन्त्रालय, विभिन्न दातृ संस्था आदिसँग सहकार्य गरि तालिम र गोष्ठि संचालन गरिएको छ ।
१२. सरोकारवाला निकायहरुसंग निकट सम्बन्ध कायम गरिरहेको र सोहि अनुसार साथमा लिई काम गरिरहेको छ ।
१३. सदस्यहरुको हितका लागि इन्सुरेन्स, सफ्टवयर कम्पनी, उद्योगमा आवश्यक सामाग्री बनाउने कम्पनी, बैंक आदिसँग सम्झौता गरि सहजीकरण गरिरहेको छ ।
१४. एसोसिएसनका सदस्यहरुको हितका लागि भैपरि आउने विपदका लागि राहत कोषको स्थापना गरि काम गरिरहेको छ ।
१५. नेपाल डेरी एसोसिएसनले नवजिवन बाल आश्रम, हात्तिवनमा रु १ लाख नगद हस्तान्तरण गरेको र काभ्रे जिल्लाका नव गायक भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगिता कार्यक्रममा सहभागी भएका सरोज हुमागाईंलाई प्रोत्साहन स्वरुप नगद रु ५०,०००÷– प्रदान गरिएको ।
१६. अन्तराष्ट्रिय सम्बन्ध कायम गर्दै इजरायल, बंगलादेश, श्रृलंका र भारतमा भएका विभिन्न मेला, गोष्ठि लगायतका कार्यक्रमहरुमा सहभागिता जनाएको छ ।
१७. विगत ७ वर्षदेखि दुग्ध क्षेत्रको प्रचार प्रसार गरि उपभोग बढाउन नेपाल डेरी एसोसिएसनले विश्व स्कुल दुध दिवस मनाउन शुरु गरिरहेको र सो कार्यक्रम हाल सरोकारवाला निकायहरु सबैले संयुक्त रुपमा मनाउने गरिएको छ ।
१८. विश्व दुध दिवस विगत १३ वर्षदेखि दुग्ध क्षेत्रको प्रचार प्रसार गरि उपभोग बढाउन नेपालमा मनाउँदै आएको । सोमा नेपाल डेरी एसोसिएसनको सक्रिय सहभागीतान रहेको छ ।
१९. कृषि पत्रकारहरुसँग विभिन्न कार्यक्रमहरु मार्फत समन्वय गरि अघि बढिरहेको छ ।
२०.अध्यक्ष प्रल्हाद दाहल मार्फत टेलिभिजन, पत्रपत्रिकामा संस्थागत पहिचानका लागि लेख रचना आदि निरन्तर प्रकाशन गरिएको छ ।
२१.दातृ निकायहरुसंग सहकार्य गरि विविध गतिविधिहरु संचालन एवं आयोजना गरिरहेको छ ।
२२.नेपालको परिप्रेक्षमा पटक पटक हुने राजनैतिक बन्द, हड्ताल, महामारी आदिका कारण दुग्ध ढुवानीमा हुने बाधा ब्यबधानलाई हटाउन र सहज ढुवानी गर्नका लागि नेपाल डेरी एसोसिएसनले उठाउदै आएको विषय दुग्ध दुवानी सेवाका सवारी साधनहरुलाइ सरकारी मान्यता अनुरुप एम्बुलेन्स सरह मान्यता प्रदान गर्न माग गरे बमोजिम राष्ट्रिय दुग्ध विकास बोर्डको पहलमा तत्कालीन प्रधानमन्त्री केपि ओलिबाट समुद्घाटन गरि दुध ढुवानी गर्ने गाडीमा प्रयोग गर्न लोगोको समेत प्रयोगमा ल्याउन सफलतका लागि नेपाल डेरी एसनेसिएसनले महत्वपूर्ण भुमिका खेलेको थियो ।
२३. क्षेत्रिय रुपमा उद्योगी साथीहरुसंरँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया, छलफल कार्यक्रम आयोजना गरी समस्या पहिचान र सोको निराकरणमा संयुक्त सोच निर्माण गर्दै आएको छ ।
२४. स्वच्छ दुध उत्पादन तथा उपभोगका लागि सम्बन्धित सबैमा जन चेतना कार्यक्रम संचालनमा गहन भुमिका निर्वाह गर्दै आएको छ ।
२५. नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना भएको रैथाने कृषि उपज बिक्रि वितरण गर्ने हाट बजारमा नेपाल डेरी एसोसिएशनको तर्फबाट निःशुल्क दहि उपलब्ध गराई महि तुल्याई निःशुल्क वितरण गरि रहेको छ ।

नेपाल डेरी एसोसिएसनका भावी योजनाहरु ः

१. एसोसिएसनको आफ्नो स्थाई भवन नभएकोले आफ्नै भवन बनाउने ।
२. एसोसिएसनले सदस्यहरुको हितका लागि स्थापना गरिएको राहत कोषमा रकम बढाउने
३. अहिले बटर स्टोर गर्न समस्या भई सबै सदस्यहरुले दुःख भोग्नु परेकोले एसोसिएसनले नै संचालन गर्ने गरि सामुहिक कोल्ड स्टोर स्थापना गरिने ।
४. नेपालको डेरी स्थर उन्नति गर्न एसोसिएसनका सदस्यहरुलाई स्वदेश तथा विदेशमा डेरी, फार्म र मेला अवलोकन गराउन लागिपर्ने
५. अर्को वर्षदेखि एसोसिएसनको तर्फबाट देशमा विभिन्न माध्यमबाट देशमा सेवा पुर्याउने व्यक्ति, संघसंस्थालाई दिन विविध विधामा राष्ट्रिय पुरस्करको स्थापना गरिने ।
६. दुध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धि निर्देशिका पालना गर्न लागिपर्ने छ ।

डेरी क्षेत्रका समस्याहरु र समाधानका उपायहरुः

१. सबै डेरी उद्योगहरुमा राज्यले बनाएको नीति नियम (कोलिफर्म, घ्युमा आर एम भ्यालु) भित्र रहेर संचालन हुन कठिन छ । समय अनुसार परिवर्तन गरिनुपर्छ । त्यसमा नेपाल डेरी एसोसिएशनले समय समयमा आवाज उठाउँदै आएको छ। एसोसिएसनले धेरै मात्रामा देशैभर ७ वटै प्रदेश र जिल्ला कमिटी बनाउँदा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सबै डेरी उद्योगहरुलाई संगठीत गर्न सकिरहेको छैन ।
२. आर्थिक श्रोतको अभाव – जस्तै विगतमा नेपाल डेरी एसोसिएशनको सहयोगका लागि विगतमा डेनमार्क, जापान, डेनिडा जस्ता संस्थाहरुको निरन्तर सहयोग रहँदै आईरहेकोमा उक्त संस्थाहरुबाट हाल कुनै पनि आर्थिक सहयोग नभएकाले एसोसिएसनले सशक्त गतिविधि संचालनमा समस्या भएको छ। जे जति गरिएको छ आफ्नै सदस्यहरुबाट संकलन गरि गरिरहेको छ ।
३. सरकारी निकायबाट डेरी क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि गरिने कार्यक्रमहरुमा यस एसोसिएशनसँग समन्वयात्मक भुमिका निर्वाह गर्न उचित सहकार्यको केहि स्थानमा कमि भएको पाइन्छ ।
४. एसोसिएसनले आफ्ना सदस्यहरुको हितका लागि नितिगत कुरामा निरन्तर लडिरहनु परेको छ ।

डेरी क्षेत्रले भोग्नु परेको वर्तमान समस्याहरु र उपायहरुः

१. अहिले खपत कम भएर र बाहिरबाट आयात बढी भएर हाम्रो देशमा दुध तथा दुग्ध पदार्थ ब्यवस्थापन गर्नै कठिन भएको छ । अहिले सरदर ५ अर्ब बराबरको धुलो दुध र बटर स्टक भएको आँकडा छ । यो समस्या निवारणको लागि बाहिरबाट आयात रोक्ने, छुर्पी र चिज निर्यातमा विशेष सहयोग गर्न सक्दा केहि राहत हुन्छ । त्यस्तै उपभोग बढाउने कार्यक्रमहरु ल्याउन सक्दा पनि राम्रै हुन्छ । जस्तै स्कुलमा विद्यार्थी, आर्मी, पुलिस, खेलाडीलाई दुधको महत्व बुझाई सेवन गर्न प्रेरित गर्न सक्दा उपभोग बढ्न सक्छ ।
२. बढी भएका सामान राख्न स्टोरको अभावले कठिन छ । त्यसका लागि राज्यले बटरका लागि सामुहिक कोल्ड संचालनमा ल्याउने वा सम्बन्धि एसोसिएसनलाई उपलब्ध गराउन सक्दा केहि सहज हुने देखिन्छ । अहिले उद्योगले प्रति केजि १० रुपैया कोल्ड स्टोरमा भाडा तिरेर बटर राख्न परेको छ। यसले गर्दा एकातिर बिक्री नहुने अनि अर्को तिर भाडा तिर्दा दोहोर मारमा परिरहिएको छ । सामान स्टक भएर चल्ती पुजिको अभावले किसानको भुक्तानी समयमा दिन सकिएको छैन । यसले किसानलाई मार परेको छ । यसमा राज्यले बैंकबाट कर्जा वा अन्य स्रोतबाट सहजीकरण गर्न सके समयमै भुक्तानी गर्न सहज हुने थियो।
३. नेपालमा पशुपालन ब्यवसाय र डेरी ब्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषि जन्य पदार्थ आयातमा समेत कमि हुने देखिन्छ । अहिले पनि शहरबाट गरिब ५ करोड रुपैयाँ दैनिक गाउँसम्म जाने गरेको छ ।
४. हामी कहाँ करिव ८० प्रतिशत दुध निर्वाहमुखि पशुपालनबाट आउँछ भने २० प्रतिशत मात्र व्यसाहिक फार्मबाट आउँछ । जबसम्म ब्यवसाहिक तवरबाट दुध आउन सक्दैन तवसम्म भनेको जस्तो गुणस्तर मेन्टेन गर्न कठिन हुन्छ। यसमा राज्यले सहयोग गर्नु पर्ने देखिन्छ ।
५. अहिले उद्योग लगाउन जमिनको मुल्य धेरै पर्ने र शहरमा स्थापना गर्न नसकिने गाउँमा उद्योग लगाउन पुर्वाधार नहुने हुँदा उद्योगका लागि आवश्यक मात्रामा स्थान उपलब्ध गराउनको लागि औद्योगिक ग्राम बनाउन आवश्यक रहेको छ । साथै भएका औद्योगिक क्षेत्रमा पनि सहज रुपले कम शुल्कमा उपलब्ध गराउनु पर्ने ।
६. नेपालमा दुध तथा दुग्ध पदार्थमा लाग्ने प्याकेजिङ्ग मेटेरियल धेरै जसो छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहँदा सो प्याकेजिङ्ग मेटेरियलहरुमा भन्सार दर १ प्रतिशतसम्म हुने व्यवस्था गर्नुपर्ने जसले गर्दा उत्पादन लागत कम भई बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ ।

निष्कर्ष ः

एसोसिएसनलाई २५ वर्षसम्म निरन्तर सहयोग पु¥याउनु हुने पत्रकार, सरोकारवाला संघ सस्था सबैमा एसोसिएसन हार्दिक धन्यवाद ज्ञापन गर्दछ । रजत जयन्तीको पावन अवसरमा एसोसिएसनले देश भरि नै विभिन्न कार्यक्रम गरि मनाउन आफ्ना सदस्यहर्लाई निर्देशन गरिसकेको छ । एसोसिएसनले बालआश्रम , जेष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल आदिमा दुध तथा दुग्ध पदार्थ वितरण गरिने छ ।

अन्त्यमा नेपाल डेरी एसोसिएशन सम्बन्धित सबैमा के आग्रह गर्दछ भने कृषि क्षेत्रको प्रबर्द्धन र उन्नतिको लागि डेरी क्षेत्रले ठूलो भुमिका निर्वाह गरेको कुरा सबैले हृदयगम गर्दै भविष्यमा उद्योगी र कृषकहरुको आपसी हित र संरक्षणका लागि अनवरत रुपमा रहने संकल्प गर्दै विविध तह र तप्कामा रहेका डेरी उद्योगी साथीहरुलाई स्विकार्दै गर्दै काँधमा काँध मिलाई अगाडी बढौं भन्ने आग्रह गर्दै मिठा– मिठा कुराहरुमा नअल्झि तितो भए पनि काम गर्दै अगाडी बढ्न सबैमा हार्दिक आग्रह गरिन्छ ।

थप जानकारीका लागी केन्द्रिय कार्यालय तथा निम्न लिखित नम्वरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
कार्यालय ः ०१–५२६१६०८, ९८४१४२२८४३, ९८५१०९५१२७, ९८४२६५८९६४

हाल सम्म अध्यक्ष, उपाध्यक्ष र महा–सचिवज्यूहरुको पूर्ण विवरण

१. वि.सं. २०५५ सालमा संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ महासचिव पान ब. घर्ती
२. वि.सं. २०५७ सालमा संस्थापक अध्यक्ष डा. हेरम्बराज भण्डारी महासचिव विश्वराम खड्का
३. वि.सं. २०५९ सालमा संस्थापक अध्यक्ष विश्वराम खड्का महासचिव हरिहर तण्डुकार
४. वि.सं. २०६२ सालमा संस्थापक अध्यक्ष विश्वराम खड्का महासचिव अरनिको राजभण्डारी
५. वि.सं. २०६३ सालमा संस्थापक अध्यक्ष रामकुमार खड्का महासचिव सुमित केडिया
६. वि.सं. २०६५ सालमा संस्थापक अध्यक्ष रामकुमार खड्का महासचिव मेघराज भण्डारी
७. वि.सं. २०६८ सालमा संस्थापक अध्यक्ष मेघराज भण्डारी महासचिव प्रल्हाद दाहाल
८. वि.सं. २०७१ सालमा संस्थापक अध्यक्ष सुमित केडिया महासचिव प्रल्हाद दाहाल
९. वि.सं. २०७४ सालमा संस्थापक अध्यक्ष राधाकृष्ण सापकोटा महासचिव प्रल्हाद दाहाल
१०. वि.सं. २०७९ सालमा संस्थापक अध्यक्ष प्रल्हाद दाहाल महासचिव हेमचन्द्र खनाल

Previous Post

बृहत् रामेछाप महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

Next Post

बृहत् रामेछाप महोत्सवमा आज यी चर्तित कलाकार आउँदैः माघ २ गते ४ हजार दर्शकले महोत्सवको अवलोकन गरे

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
बृहत् रामेछाप महोत्सवमा आज यी चर्तित कलाकार आउँदैः माघ २ गते ४ हजार दर्शकले महोत्सवको अवलोकन गरे

बृहत् रामेछाप महोत्सवमा आज यी चर्तित कलाकार आउँदैः माघ २ गते ४ हजार दर्शकले महोत्सवको अवलोकन गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार