रामेछाप–रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । विवाहमा गएर घर फर्कदै गर्दा भिरबाट लडेर ३६ वर्षीय पूर्ण बहादुर बरुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक (इन्सपेक्टर) शैलेन्द्रकुमार खड्काले जानकारी दिएका हुन । भिरबाट ४ सय मिटर तल खसी घटना स्थलमै मृत्यु भएको हो । बरुवालको शव घटनास्थलबाट मन्थली अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको छ । पोस्टमार्टम भोली हुने प्रहरी निरीक्षक खड्काले बताए ।