रामेछाप- रामेछापसहित देशका धेरै ठाँउमा अहिले वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बिहानैदेखि धुम्म भएपनि दिउँसोपखबाट पानी पर्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो ।
यस्तै, आज देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।