शर्मिला बिसुन्के ।
रामेछाप- रामेछापको खाँडादेवी गाँउपालिका वडा न ४ कल्चौडेमा अटो दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । आज दिउँसो कल्चौडे स्थित पकरवासबाट सदरमुकाम मन्थली आउँदै गरेको प्र.२-०४-००१ ह.००६९ नं.को अटो आफै अनियन्त्रित भइ सडकमा पल्टिदाँ अटो चालक मन्थली नगरपालिका ८ चिसापानीका ३० वर्षीय जयराम माझीको कम्मर भन्दा मुनीको भाग नचल्ने भएको छ । खाँडादेवी ४ रजगाँउका २४ वर्षीय बाबुराम माझीको मुखमा चोट लागेको र ७० वर्षीय लक्ष्मण माझीको दुबै पाखुरा र खुट्टामा चोट लागेको छ । घटना भएको ठाँउमा पुगी सबै घाइतेको उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा ल्याइएकोमा जयराम माझी र लक्ष्मण माझीलाइ थप उपचारको लागि ट्रमा सेन्टर अस्पताल काठमाण्डौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।