Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

साँस्कृतिक कार्यक्रम आयोजना

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2024
in कला र साहित्य, समाचार
0
साँस्कृतिक कार्यक्रम आयोजना
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा।केन्द्रीय मानन्धर संघले शनिबार हेटौंडामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्य तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय अध्यक्ष मनोजकुमार मानन्धरको सभाध्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु एकालाल श्रेष्ठ र शैलेन्द्र बज्राचार्यको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जाति, भाषा र संस्कृति प्रदेशसँगै देशकै सम्पत्ति भएकाले संरक्षण र प्रबर्द्धनमा सबैपक्ष गम्भीर बन्नुपर्ने बताए । नेपालको गौरबको रुपमा रहेको नेपाल भाषा, नेवार संस्कृतिसँगै नेपाल सम्बत महत्वपूर्ण रहेकाले दैनिक प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘नेपाल सम्बतलाई सरकारी कामकाजमा प्रयोगमा ल्याईनु खुशीको कुरा हो, उनले भने, ‘राष्ट्रिय विभुती शंखधर साख्वाले चलाउनु भएको नेपालको मौलिक नेपाल सम्बत् भएकाले पूर्ण कार्यान्वयन गर्नु जरुरी छ ।’ बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले प्रदेशमा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाई सकेको भन्दै नेपाल भाषा, संस्कृति जगेर्ना गर्न सरकार, नेवार समुदाय र संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए

। प्रदेश सांसद शैलेन्द्र बज्राचार्यले संघीयताको बारेमा नकारात्मक धारणा फैलाईएको भन्दै राजनीतिक, भाषिक, साँस्कृतिक अधिकार पाउन संघीयताले महत्त्वपूर्ण भुमिका खेलिरहेको बताए । कार्यक्रममा मौलिक धिमे बाजा, धा: बाजा, बाँसुरी, बे बाजा, नाय् खिं बाजा, ढोलक बाजाको प्रस्तुतीसँगै नेवारी पहिरनमा नेपाल भाषाका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि हेटौंडाको बुद्ध चोकमा भेला भई प्रभातफेरी गरि कार्यक्रम स्थल बालकुमारी पार्टी प्यालेसमा पुगी समापन गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक विरगञ्जकी सहायक निर्देशक अमृता मानन्धर, वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका उपप्राध्यापक डा. विक्रम मानन्धर, विश्व साईकलयात्री रामचन्द्र मानन्धर, डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर लगायतको आतिथ्य रहेको थियो । हेटौंडामा जस्तै साँस्कृतिक कार्यक्रम पर्साको विरगञ्ज र बारामा आयोजना गरिने नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय सदस्य केके मानन्धरले जानकारी दिए ।

Previous Post

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

Next Post

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार