Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ओलीसँग बढ्दैछ कांग्रेस नेताको खुशामद

दोभानचौर खबर by दोभानचौर खबर
April 4, 2024
in समाज, राजनीति खबर
0
ओलीसँग बढ्दैछ कांग्रेस नेताको खुशामद
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कांग्रेस–माओवादी गठबन्धन तोडेर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग गठजोड गर्न पुगे पनि कांग्रेस नेताहरु उनीसँग रिसाएजस्ता देखिँदैनन् । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अझै पनि एमालेसँग सहकार्यको सम्भावनाबारे बोलिरहेका छन् ।

राजनीतिक स्थिरता र विकास निर्माणलाई तीव्रता दिनका लागि संसदका ठूला दुई दलबीच सहकार्य आवश्यक छ भन्नेमा शेखर कोइराला, थापा र शर्मा मात्रै होइन, स्वयं संस्थापन पक्षका नेताहरु रमेश लेखक, एनपी साउद लगायत समेत छन् ।

कांग्रेस उच्च सूत्रका अनुसार स्वयं सभापति शेरबहादुर देउवा यति बेला एमाले अध्यक्ष ओलीसँग संवाद जोड्न इच्छुक छन् । विगतमा आफू माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग गठबन्धनसमा रहेका बेला ओलीले कुराकानी गर्न खोजे पनि गठबन्धनको सहयात्री माओवादी  बिच्केला भनेर कुरा नगरेकोमा अघिल्लो महिना उनले पछुतो नै मानेका थिए ।

यसै मेहरोमा कांग्रेस नेता कोइरालाले विराटनगरमा बिहीबार बिहान एमालेसँग सहकार्यको खाँचो औंल्याउन पुगे । एमाले अध्यक्ष ओलीसँग पछिल्ला दिनमा उनको संवाद बाक्लिएको उनीनिकट नेताहरुले बताएका छन् । बालकोट स्रोतले पनि त्यसलाई पुष्टि गरेको छ ।

‘लुकाउनुपर्ने कुरै छैन । २–४ सिट भएका दललाई फकाउँदा फकाउँदा हैरान भयो, अब कांग्रेस–एमाले मिलेर जनताको निराशा चिरौं,’ शेखरलाई उद्धृत गर्दै उनी निकट नेताले भने, ‘समयमै केही गरेनौं भने यो मास फ्रस्ट्रेसन अझै बढ्ने देखिन्छ ।’

स्रोतका अनुसार शेखरले ओलीसँग उठाएको मूल विषय निर्वाचन प्रणालीबारे हो । संविधानमा व्यवस्था गरिएको चुनाव प्रणालीले सधैं अस्थिरतामा लगिरहने खतरा रहेकाले दुई पार्टी बीचमा सहमति जुटाएर संविधान संशोधन गराउन शेखर जोडबल गरिरहेका छन् । कांग्रेससँग ८८ र एमालेसँग ७९ सांसद रहेको संसदमा दुई दलको मिलेमतोले निर्णायक बदलाव ल्याउन सक्छ ।

‘हाम्रा अध्यक्ष यो प्रस्तावमा नकारात्मक हुनुहुन्न । एउटै कन्सर्न के हो भने अहिले संविधान संशोधनका लागि हामी तयार बन्दैगर्दा अरु पनि विषय खुल्ने हुन् र संविधानकै स्थायित्वमा प्रश्न उठ्ला कि ?’, बालकोट स्रोतले भन्यो ।

एमाले र कांग्रेसका बीचमा सम्भावित सहकार्यले सत्ता राजनीतिमै उथलपुथल ल्याउन सक्ने कोणबाट अनुमानहरु चल्न थालेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय मुद्दाहरुमा सरकार–प्रतिपक्ष नभनी खुलस्त छलफल हुन सक्ने भए पनि अहिलेको सत्ता गठबन्धनलाई पुनरावलोकन गर्ने कुनै सम्भावना एमालेको तर्फबाट नरहेको बताएका छन् ।

‘कांग्रेससँगको छलफल स्वभाविक हो, आर्थिक मन्दी, अन्तर्राष्ट्रिय सम्बन्धमा विगतमा देखिएको असन्तुलन लगायत विषयमा कांग्रेससँग पनि हाम्रो कुरा हुने नै भयो’, ज्ञवालीले भने, ‘तर पात्रविशेषले गरेका गल्तीका लागि प्रणालीलाई जोडेर छलफल नगर्ने कि भन्नेमा सचेत छौं ।’

शेखर पक्ष, अनि एमाले दुवै स्रोतले दुई नेताको कुराकानीलाई राजनीतिक मुद्दामात्रैको कलेवर दिन खोजे पनि प्रचण्डकै विकल्प खोज्न एमाले र कांग्रेस तयार भइरहेको अर्थमा राजनीतिक वृत्तमा व्याख्या गर्न खोजिएको छ । एमाले–माओवादीको नयाँ गठबन्धन निर्माण भएसँगै प्रादेशिक सरकार अदलबदलमा आइपरेको प्रतिकुलता साम्य पार्न स्वयं माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई हम्मे परेको थियो । अनलाइनखबर

Previous Post

शैक्षिक सत्रअगावै प्रअसँग कार्यसम्पादन सम्झौता

Next Post

नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
Next Post
नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार