Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत

दोभानचौर खबर by दोभानचौर खबर
May 4, 2024
in अर्थ खबर, समाचार, समाज
0
सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन  सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनको पछिल्ला दुई वटा बैठक अवरुद्ध गरेको थियो ।प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाखमा बोलाइएको छ । तर कांग्रेसले बैठक चल्न दिने वा नदिने प्रष्ट नभएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने सकिने बताएका हुन् ।‘व्यक्ति तोकेर होइन, सम्रग समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ भन्नुभएको छ’, प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘आज विहान गृहमन्त्रीसँग कुरा गरेँ, उहाँ पनि सहमत हुनुहुन्छ भन्ने उहाँको ब्रिफिङ छ ।

’पछिल्लो बैठकमा कांग्रेस नेताहरुले पनि गृहमन्त्री रवि लामिछानेको संलग्नता भनेर व्यक्ति नतोकी समग्र विषयमा छानबिन गर्न समिति बनाउन सकिने बताएका थिए । यसमा प्रधानमन्त्री प्रचण्ड पनि तयार थिए ।तर सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि संसदको अघिल्लो अधिवेशनमा समिति बन्न सकेन ।

अहिले गृहमन्त्री लामिछाने नै तयार भएकाले सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना रहेको माओवादीका एक सांसदले बताए । उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धनमा सहमति गरेर छिट्टै सर्वदलीय बैठक राख्छु भन्नुभएको छ ।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टितर्फ संकेत गर्दै गठबन्धन तलमाथि नहुने बताए । हरेक दलले प्रतिपक्षमा पुग्नासाथ गठबन्धन भत्काउन प्रयास गर्ने र अहिले पनि त्यही भइरहेको भन्दै उनले भने, ‘तर अहिले तलमाथि हुने सम्भावना छैन ।’प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसद र संसदीय समितिको बैठकमा सक्रियतापूर्वक सहभागी हुन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव दिन निर्देशन दिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

Previous Post

मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

Next Post

खाद्यान्न तथा फलफूल वितरण

RelatedPosts

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द
अर्थ खबर

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

July 9, 2025
धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
Next Post
खाद्यान्न तथा फलफूल वितरण

खाद्यान्न तथा फलफूल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार