Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत

दोभानचौर खबर by दोभानचौर खबर
May 4, 2024
in अर्थ खबर, समाचार, समाज
0
सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन  सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनको पछिल्ला दुई वटा बैठक अवरुद्ध गरेको थियो ।प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाखमा बोलाइएको छ । तर कांग्रेसले बैठक चल्न दिने वा नदिने प्रष्ट नभएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने सकिने बताएका हुन् ।‘व्यक्ति तोकेर होइन, सम्रग समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ भन्नुभएको छ’, प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘आज विहान गृहमन्त्रीसँग कुरा गरेँ, उहाँ पनि सहमत हुनुहुन्छ भन्ने उहाँको ब्रिफिङ छ ।

’पछिल्लो बैठकमा कांग्रेस नेताहरुले पनि गृहमन्त्री रवि लामिछानेको संलग्नता भनेर व्यक्ति नतोकी समग्र विषयमा छानबिन गर्न समिति बनाउन सकिने बताएका थिए । यसमा प्रधानमन्त्री प्रचण्ड पनि तयार थिए ।तर सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि संसदको अघिल्लो अधिवेशनमा समिति बन्न सकेन ।

अहिले गृहमन्त्री लामिछाने नै तयार भएकाले सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना रहेको माओवादीका एक सांसदले बताए । उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धनमा सहमति गरेर छिट्टै सर्वदलीय बैठक राख्छु भन्नुभएको छ ।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टितर्फ संकेत गर्दै गठबन्धन तलमाथि नहुने बताए । हरेक दलले प्रतिपक्षमा पुग्नासाथ गठबन्धन भत्काउन प्रयास गर्ने र अहिले पनि त्यही भइरहेको भन्दै उनले भने, ‘तर अहिले तलमाथि हुने सम्भावना छैन ।’प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसद र संसदीय समितिको बैठकमा सक्रियतापूर्वक सहभागी हुन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव दिन निर्देशन दिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

Previous Post

मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

Next Post

खाद्यान्न तथा फलफूल वितरण

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
अर्थ खबर

सरकारले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

August 24, 2026
Next Post
खाद्यान्न तथा फलफूल वितरण

खाद्यान्न तथा फलफूल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार