हेटौंडा/ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका ७ सय ६६ बालबालिकाले बीचमै पढाइ छाडेका छन् । ५४ वटा विद्यालय रहेको राक्सिराङमा २०८० मा६ हजार ९ सय २ विद्यार्थी भर्ना भएका थिए । गरिबीकै कारण ती बालबालिकाले पढाइ छाड्नु परेका हुन् ।
यसैगरी राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा पनि सोही वर्ष ३६ जनाले बीचमै पढाइ छाडेका छन् । विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएका थिए । त्यो पनि २ सय ४६ विद्यार्थी नियमित विद्यालय पढ्न आएनन् । ६ महिना मात्र खाना पुग्ने चेपाङ परिवारलाई छोराछोरी पढाउन मुस्किल छ ।
रश्मी प्रजा भन्छिन्- बाबुआमाले जुत्ता विद्यालय पोशाक किनि दिनु भएको छैन । जसले गर्दा पोशाक ठिक नभएकै कारण विद्यालय नगएको बताइन् । कक्षा–९ मा भर्ना गरि सकेकी रश्मीकी अभिभावक श्रीमान प्रजाले मुस्किलले छोरी भर्ना गरियो । तर अब कसरी विद्यालय पोशाक किन्ने भन्ने चिन्ता रहेको जानकारी दिए ।
सबै बालबालिकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्दै विद्यालयहरुले भर्ना अभियान अहिले पनि चलाइरहेको छ । अनिवार्य निशुल्क शिक्षा भने पनि विद्यालयहरुले सहयोग शुल्कको नाममा चेपाङ अभिभावकसँग शुल्क लिँदा सास्ती बेहोर्नुपरेको छ ।