Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जसपा फुटेपछि अलमलिए माधव नेपाल

दोभानचौर खबर by दोभानचौर खबर
May 7, 2024
in समाचार, समाज
0
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ ।… संसदीय दल सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको वक्तत्वमा भनिएको छ ।

उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे यो दलका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।उनले सत्ता समीकरण फेरिनसक्ने आशयसहित लगातार अभिव्यक्ति दिनुको पछाडि उपेन्द्रले आफ्नो साथ नछोड्ने विश्वास लुकेको थिएन । किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो ।

तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् । ‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।

‘ठूला दलहरु तोडफोडमा (अरु दल फुटाउन) लाग्यो, कानुनको मतलव गर्न छोड्यो । दायित्वबाट भाग्यो, यस्तो अवस्थामा हामी जिम्मेवार भएर अगाडि बढ्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ थियो ।

सांसदहरुको कुरा सुनेपछि माधव नेपालले सार्वजनिक टिप्पणी भइरहेजस्तो अर्को समीकरण बनाउन सक्रिय नभएको पनि बताए ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको कुरालाई नै आधार मानेर अर्को समीकरण बनाउन सक्रिय भएको आरोप लगाउनु गलत भएको अध्यक्ष नेपालको तर्क थियो ।्

सुदूरपश्चिमको नेतृत्व हामीले पाउने सहमति थियो, त्यसबाट ओली र प्रचण्ड पछाडि हटेकाले देउवासँग भेटेको हो । अर्को सरकार बनाउन भनेर बाहिर भनेजस्तो होइन’, अध्यक्ष नेपालले भनेका थिए ।

देउवा र उपेन्द्रसँग नयाँ समीकरण बनाउन सक्रिय भएको आरोप लगाएर आफूलाई अपमानित गर्न खोजिएको पनि अध्यक्ष नेपालको प्रष्टोक्ति थियो । ‘गठबन्धनमा सहअस्तित्वको कुरा गरिरहेका छौं, तर हामीलाई अपमान गर्न आरोपहरु लगाइदैछ’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै अर्का सांसदले भने ।्

सांसदहरु एकताबद्ध रहने प्रतिवद्धता बैठकबाट गरिनुमा पार्टी विभाजनको आशंका चिर्नु नै हो । ‘कानुनी रुपमा पनि एकीकृत समाजवादी फुट्न मिल्दैन । तर आशंका भएकाले एकताबद्ध रहने प्रतिबद्धता गरेका हौ’, उपाध्यक्ष बेदुराम भुसालले बताए ।

नेताहरुका अनुसार, प्रधानमन्त्री प्रचण्ड र सत्ता समीकरणप्रति असन्तुष्टि रहेपनि अहिलेको सत्ताकै पक्षमा उभिने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘गठबन्धनमा केही समस्या भयो भने छलफल गरेर टुंगो लगाउनुपर्छ, तर अहिले फरक ढंगले सोच्नु हुँदैन भन्ने भयो’, उपमहासचिव ज्वालाले भने ।्

अहिलेको परिस्थितिमा सत्तारुढ गठबन्धनकै पक्षमा उभिने निष्कर्ष बैठकले निकालेपनि अध्यक्ष नेपालले भने यो समीकरणमा अझै विश्वासको वातावरण नरहेको आशय सुनाएका छन् । ‘प्रचण्डको मनोविज्ञान अस्थिर छ, उनले नै यो समीकरणलाई धेरै अगाडि लैजान नसक्लान् । त्यस्तो अवस्थालाई ध्यान दिएर हामीले निर्णय गर्नुपर्छ भन्ने अध्यक्षको कुरा छ’, प्रमुख सचेतक चौधरीले भने ।

सत्ता गठबन्धनका एक नेता भने जसपा विभाजनपछि माधव नेपाल अलमलिएको बताउँछन् । ‘उपेन्द्रको पार्टी फुटेपछि अर्को समीकरण तत्काल बन्ने देखिँदैन, तर अहिलेको समीकरणमा उहाँको असन्तुष्टि छ । त्यसो हुँदा उहाँमा अलमल देखियो’, ती नेता भन्छन् ।्यस्तो अलमलबीच पार्टी एकता जोगाउनुपर्ने चुनौती भएकाले कांग्रेस सभापति देउवासँग कुरा नभएको प्रष्टोक्ति दिनुपरेको उनको बुझाइ छ ।

Previous Post

राक्सिराङका ७ सय ६६ जनाले छोडे बीचमै पढाइ

Next Post

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार