जमुना थिङ
हेटौंडा÷हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा रहेका आमाहरुको मुहारमा बुधबार हृदयविदारक पीडा देखियो । आश्रममा आश्रित उनी जानकी महर्जन । उमेरले ५१ वर्ष पुगिसकेकी उनी भन्छिन्–छोरी र पतिको मृत्युपछि मानसिकरुपमा रोगी हुन पुगें । सहारा दिने कोही नभएपछि उनी आश्रममा आएको ६ वर्ष भइसकेको छ ।
करिब ४० वर्षीया तारा हेमरन ४० को पीडा पनि उस्तै छ । बुबा बितेपछि आमाले अर्कैस“ग विवाह गरिन् । त्यसपछि दुःख गरेर जसोतसो बाल्यकाल चलिरहेको थियो । बिडम्बना, छोप्ने रोग भनौं वा के, रोगको शिकार हुन पुगिन् । आफ्नो नाम श्रेया मैनाली बताउने आमाको पनि पीडादायी छ जीवन ।
७५ भन्दा बढी आमाको सेवा गरिरहेका मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेल भन्छन्–आजको दिन आफू घरभन्दा टाढा भए पनि ती आमाहरु सद्भावले झल्को मेटाएको बताउनुहुन्छ । आजभोलि विभिन्न कारण आमाबबुबालाई वास्ता नगर्ने अनि आश्रममा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवताप्रति नै एउटा आक्षेप हो । आमाबाट टाढा रहेका छोराछोरी आमालाई भेट्न घरमा पुग्दा आश्रममा आश्रितहरु भने आश्रममा आफ्ना सन्तान आउ“छन् कि भनेर कुरिरहेका थिए । तर, कोही आएनन् ।
आमाहरुको सन्तान कोही पनि भेट्न नआएको अवस्थामा विभिन्न संघसंस्थाले भोजनसेवा गरेका छन् । मानसिक रोगी भएका कारण कतिपय आमा छोराछोरीबाट अपहेलित हुनु दुःखदायी विषय हो । आमा ईश्वर हुन्, हामीले पुज्नुपर्छ । तर बिडम्बना, यसरी मानसिक रोगीका कारण परिवार र छोराछोरीले स्वीकारेको अवस्था छैन ।
पौराणिक कालदेखि मनाउ“दै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै श्राद्धतर्पण गरी मातृत्व स्मरण गर्दछन् । बैशाख कृष्णपक्षको औंसी, महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमाप्रति सम्मान र आमालाई सम्झने दिन । कतिपयले विहान सवेर उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाइ आमाको मुख हेर्ने र आशीर्वाद लिएका छन् ।