Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तामाङ कल्याण गुठीमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 18, 2024
in समाचार
0
तामाङ कल्याण गुठीमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धस्थित श्री बौद्ध  तामाङ कल्याण गुठीकाे प्राङ्गणमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बौद्धिक क्षमता विकास गराउन श्री बौद्धनाथ क्षेत्र विकास समितिकाे आयाेजना तथा श्री बौद्ध तामाङ कल्याण गुठीकाे मुख्य संयाेजनमा २५६८ औं बुद्ध जयन्तीकाे अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा लर्ड बुद्ध मा.वि, कुमारी आवासीय मा.वि,महेन्द्र बौद्ध मा.वि, मंगलदिप स्कुल, नवजागृती मा.वि र कैलाश बोधी स्कुल गरी छ वटा विद्यालयले भाग लिएका थिए भने, प्रति विद्यालयबाट तिन–तीन जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा लर्ड बुद्ध मा.वि प्रथम भएको थियो भने, कुमारी आवासीय मा.वि र महेन्द्र बौद्ध मा. वि द्धितिय भएको थियो ।

त्यसैगरी मंगलदिप स्कुल तृतिय, नवजागृती स्कुल चौथो र कैलाश बोधीले पाँचौं स्थान हात पारी सान्त्वनामा चित्त बुझाएको बौद्ध तामाङ कल्याण गुठीका सचिव धर्मविर लामाले जानकारी दिए। उनका अनुसार हाजिर जवाफ प्रतियोगिताको पुरस्कार भने १० गते वितरण हुनेछ । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताले बाल अधिकारका तमाम विषयहरुमा एकले अर्कोबाट सिक्नुको साथै बालबालिकाहरुको अन्तरघुलनमा मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, आईतबार बौद्ध स्तूप परिसरमा हुने विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा नाै वटा विद्यालयका १८ जना विद्यार्थीहरूले सहभागीता जनाउने उनले जानकारी गराए ।

आगामी जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर पारी आयाेजित सप्ताहव्यापी कार्यक्रममा साेमबार बौद्ध स्तूप परिसरमा कविता वाचन/ कवि गाेष्ठी कार्यक्रम सञ्चालन हुनुका साथै मंगलबार बौद्ध स्तूप परिसरमै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ।

त्यस्तै, बुधबार बौद्ध धर्म र बौद्ध शिक्षा प्रवचन कार्यक्रम रहेकाे छ भने जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन बौद्ध स्तूप परिसरमा बिहान ६ बजेदेखि शान्ति दाैड, प्रभातफेरि/ खिर वितरण बिहान ८ बजेबाट गरिने र औपचारिक कार्यक्रम बिहान ९ बजे रहेकाे आयाेजकले जनाएको छ । यसैगरी, दिउँसो तिनबजेदेखि बौद्ध स्तूप परिसर, बौद्ध पिपलबाेट, बौद्ध टुसाल हुदै ह्ययात हाेटल गेटसम्म शान्ति -याली गरिनेछ ।

यसैगरी, श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजना र बौद्ध जागरण केन्द्रको व्यवस्थापनमा संचालित ‘हिमाली बौद्ध धर्म र परम्परा प्रशिक्षण कार्यक्रम-२०८१ को अन्तिम दिन आज बौद्ध स्तुप परिसरमा परम पुजनिय गुरू लोसाङ नाम्ग्याल रिन्पोछेबाट स्वेत तारा (दिर्घायु) को अभिषेक प्रदान गरी सम्पन्न गरिएको थियाे ।

Previous Post

शिक्षामा गुणस्तर ल्याउन मन्थली माबी र नाकन्या माबिका शिक्षक, शिक्षक सिकाइमा ब्यस्त

Next Post

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार