मन्थली नगरपालिका ९ पुराना गाउकी मधु गिरी घरको छानो माग्न मन्थली नगरपालिका पुगेकी हुन ।
घरको छानो हावाले उडाएपछी स्थानीय सरकार खोज्दै पालिका आएकी गिरी बताउछिन् । कमाउने श्रीमान बिरामी त छोराछोरी सानै छन । घरको आधा छानो छैन गिरी बताउछिन् । मधु गिरीको घरको अवस्था हेर्न मन्थली नगरपालिका बाट उपमेयर इश्वरी बस्नेत र कानुनी सल्लाहकार सुदर्शन राय पुराना गाउँ गिरीको घरमा पुग्दा अवस्था नहाजुक गरेको उपप्रमुख बस्नेतले बताइन् ।
खरले छाएको छानो आधा उडाएपछी गिरीको परिवार पानी आउदा रातभर सुत्न पाउदैन । छोरी सिर्जाना गिरि भन्छिन त्रीपालमा जम्मा पारेर बाहिर फाल्ने गरेका छौँ । पानी आएको रात सुत्न पाउदैनौं । घरमा बाख्रा पनि हुल्ने गरेका । गिरिलाई नगरले जस्ता दिन्छ काम गर्नुस् उपमेयरले परिवारलाई प्रतिबद्धता गरेकी छन । नगरले दिएको जस्ता छानो कसरी छाउने चिन्तामा छिन बधु गिरी।