हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो पार्टीको आठौं स्थापना दिवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पार्टीले बुधबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको बताएका छन् । पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज)को अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले नयाँ शक्ति पार्टीको रुपमा आठ वर्षअघि स्थापना भएर आजसम्म आइपुग्दाको अवस्थाको समीक्षा प्रस्तुत गर्नुभयो ।
विभिन्न पार्टीबीच एकता र फुटसँगै पार्टी आजको अवस्थासम्म आएको स्मरण गर्नुभयो । कार्यक्रममा पार्टी मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीका नेताहरु हरिहर खतिवडा, सुदिप कार्कीलगायतको उपस्थिति रहेको थियो ।
