दोभानचौर खबर, सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्साङमा अलपत्र परेका यात्रुहरुको उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
सोलु र ओखलढुङ्गाबाट काठमाडौ हिडेका ८ जना विरामी सहित १७ जनाको उद्धार गरि आज (सोमबार) दिउँसो १ बजे काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।