सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ बाह्रबिसे नयाँ बस्ति स्थित द्धारखोला पुलमा बस दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमान्डौबाट भोजपुरतर्फ यात्रु बोकेर जाँदै गरेको बागमति प्रदेश ०१ ००६ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस दुर्घटनामा मृत्यू भएका दुई मध्य एकको सनाखत भएको छ। अर्का मृतकको भने अझै पहिचान हुन नसकेको
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो।
दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको पर्समा साङग्रिला विकास बैङ्कको एटिएम कार्ड र टिकट साथमा रहेको पाइएकाले पहिचान खुलेको र अर्का पुरुषको परिचय खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । मृतक मध्ये एक जना भोजपुरको हतुवागढी गाउँपालिका घर भएका २६ वर्षीय बुद्धिमान तामाङ भएको उहाँको भनाई रहेको छ ।
गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरान पठाइएको छ ।