सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ जाँदै वा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका हुन् ।
माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका ९ का अनुज सुन्दास, सुन्दरहरैचा १९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका १९ का सिसम घिमिरे, झापा विर्तामोड नगरपालिका ५ का समिर तामाङ, सुनसरीको इटहरि उपमहानगरपालिका ६ की विजया तिमल्सिना, मोरङ लेटाङ नगरपालिका ६ का गोपाल नेपाली, मोरङ लोटाङ १ का दिपेश राई रहेका छन् ।
साथै, मोरङको मधुमल्ला गाउँपालिका ९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङवरक गाउँपालिका ४ का विक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्षिन नगरपालिका १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैंचा नरपालिका १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका ८ का अतुल कटुवाल र तेह्रथुम छत्रश्रीमा ६ का तिर बहादुर लिम्बु घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।







