Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कार्यसमिति विस्तार  रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप :  नेपाल रेडक्रस सोसाइटी

दोभानचौर खबर by दोभानचौर खबर
October 25, 2024
in समाचार
0
कार्यसमिति विस्तार  रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप :  नेपाल रेडक्रस सोसाइटी
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को वर्तमान केन्द्रीय कार्यसमितिको विस्तार रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप भएको स्पष्ठ पारेको छ ।

सोसाइटीद्वारा आज जारी विज्ञप्तिमा सोसाइटीको वर्तमान केन्द्रीय कार्यसमिति ‘नेपाल रेडक्रस सोसाइटी’ रेडक्रसका सिद्धान्त, मूल्यमान्यताअनुरुप तटस्थ, निष्पक्ष, स्वतन्त्र मानवीय संस्थाका रुपमा रहनुपर्छ र यसमा कुनै पनि किसिमको राजनीतिक, पार्टीगत प्रभाव पर्नु हुँदैन भन्ने कुरामा सचेत र प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “तसर्थ, यसको सिद्धान्त, मूल्यमान्यता, कार्यशैलीमा प्रभाव पर्नेगरी कुनै सहमति नगरिएको सम्पूर्ण सम्बन्धित सरोकारवाला र जनमानसमा स्पष्ट पार्दछौँ । केन्द्रीय कार्यसमितिको विस्तारपश्चात् गठन, निर्वाचनलगायत यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाहरू सम्बन्धित निवेदकबाट फिर्ता लिइसकेको अवस्था छ भने विधान संशोधन गरी समसामयिक सुधारसहित निष्पक्ष, तटस्थ, स्वतन्त्र, बलियो नेपाल रेडक्रस बनाउन विसं २०८१ मङ्सिर २६ र २७ गतेका लागि विधान महाधिवेशन आह्वान गरिएको छ ।”

नेपालमा हालसम्म रेडक्रस ऐन नहँुदा वैधानिकलगायत विभिन्न समस्या परिरहेकाले सो ऐन बनाउन नेपाल रेडक्रसकोतर्फबाट नेपाल सरकारसँग समन्वय र सहयोगका लागि समिति गठन गरिएको छ । साथै संशोधित विधानअनुसार २०८१ चैत मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गराउने कार्ययोजनाका साथ काम भइरहेकाले गलत अभिप्रायले गरिएका प्रचारबाट कुनै पनि भ्रममा नपर्नुहुन सबै सरोकारवाला, साझेदार निकाय र आमरेडक्रसकर्मीलाई अनुरोध गर्दछाँै विज्ञप्तिमा भनिएको छ ।

नेरेसो विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा २०२० साल भदौ १९ गतेका दिन स्थापना भई रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट मान्यता प्राप्त संस्थाका रूपमा देशभरि नै मानवीय सेवा गर्दै आइरहेको छ ।

लामो समयदेखि संस्थामा रहेका सम्पूर्ण विवादहरुको अन्त्यगरी सुधारसहित सुदृढ, समावेशी, प्रभावशाली नेपाल रेडक्रस बनाउने उद्देश्यले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा रहेको मौजुदा केन्द्रीय कार्यसमितिमा २०८१ साल कात्तिक २ गते बसेको ३२६औँ बैठकले वरिष्ठ उपाध्यक्ष र सदस्यहरू थपगरी वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रकला कार्कीलाई मनोनयन गरी केन्द्रीय कार्यसमिति विस्तार भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै संस्थाले वैधानिक र दीर्घकालिन रूपमा समस्या समाधान गर्न सहजीकरण हेतु गरिएको यो प्रयासलाई राजनीतिक वा अन्य गैररेडक्रस क्रियाकलापबाट अभिप्रेरित भई गरिएको भनी प्रचारप्रसार हुनु दुःखद् छ । कार्यसमितिको विस्तार केही सञ्चारमाध्यममा भनिएजस्तो राजनीतिक अभिप्रायले उत्प्रेरित भागबण्डा नभई रेडक्रसको मौजुदा कार्यसमितिको निर्णयबमोजिम भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ ।”

विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको विस्तारपश्चात् गठन, निर्वाचनलगायत यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाहरू सम्बन्धित निवेदकबाट फिर्ता लिइसकेको अवस्था छ भने विधान संशोधन गरी समसामयिक सुधारसहित निष्पक्ष, तटस्थ, स्वतन्त्र, बलियो नेपाल रेडक्रस बनाउन विसं २०८१ मङ्सिर २६ र २७ गतेका लागि विधान महाधिवेशन आह्वान गरिएको छ ।

नेपालमा हालसम्म रेडक्रस ऐन नहँुदा वैधानिकलगायत विभिन्न समस्या परिरहेकाले सो ऐन बनाउन नेपाल रेडक्रसकोतर्फबाट नेपाल सरकारसँग समन्वय र सहयोगका लागि समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ “ संशोधित विधानअनुसार २०८१ चैत मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गराउने कार्ययोजनाका साथ काम भइरहेकाले गलत अभिप्रायले गरिएका प्रचारबाट भ्रममा नपर्नुहुन सबै सरोकारवाला, साझेदार निकाय र आमरेडक्रसकर्मीलाई अनुरोध गर्दछाँै । ”

विज्ञप्तिमा सोसाइटीले देशभरि नै आफ्ना सेवामूलक र विकासमूलक गतिविधि सक्रियताका साथ सञ्चालन गरिरहेको जानकारी गराउँदै हालै आएको बाढीपहिरोको प्रतिकार्यमा अहोेरात्र खटिने सोसाइटीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, स्वयंसेवक तथा कर्मचारीहरू, दातालगायत सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ भनिएको छ ।

Previous Post

सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद

Next Post

दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई

दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार