Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गोकुलगङ्गा गाउँपालिकामा  शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2024
in शिक्षा
0
गोकुलगङ्गा गाउँपालिकामा  शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप : गोकुलगङ्गा गाउँपालिकाको  शैक्षिक  अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो । मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलापअन्तर्गतका सामग्री र परम्परागत सामग्री (ढिकी, जाँतो, ओखल, मुसल) लगायत सामग्री प्रदर्शनीमा राखिएका थिए ।
  
कार्यक्रमका अवसरमा जङ्कफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे-नगरेको अभिभावकले नियमति अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका दोहोरी गीत तथा नाटक प्रदर्शन गरिएको थियो ।

एकअर्को विद्यालयलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाइ क्रियाकलापलाई वृद्धि गर्दै पालिकाको शैक्षिक अवस्था सुधार गर्न कार्यक्रम अयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताउनुभयो ।

 यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी शारदा मावि कक्षा १२ की छात्रा प्रियङ्का रेग्मीले बताउनुभयो । यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने गोकुलगङ्गा माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताउनुभयो । 
    
गोकुलगङ्गा गाउँपालिकामा २०७८ सालदेखि सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजनामार्फत बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको छ । 

स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहनुभएको शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले जनाएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजना प्रमुख कर्ण दराईले बताउनुभयो ।

प्रारम्भिक तहका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन र जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्रसिं भण्डारीले बताउनुभयो ।

रामेछापमा गुणस्तरीय भवन भए पनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेकाले घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम विभिन्न पालिकाले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।

Previous Post

फोटो प्रदर्शनी गर्न चौध जना फोटोपत्रकार चीन प्रस्थान

Next Post

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार