मन्थली । बागमति प्रदेशकी उद्योग बाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङले रामेछाप जिल्लामा भोग्नु परेको नापतौलको मसस्या अव समाधान हुने वताएकी छिन् । ।
रामेछाप उद्योग वाणिज्य संघले उनीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्ने क्रममा मन्त्री तामाङले रामेछापेलीले अव नापतौलको विषयमा सास्ती खेप्नु नपर्ने गरी कुरामा प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नेछ । मन्त्री तामाङले साना उद्योगीहरुले स्थानीय तह र उद्योग कार्यालयमा बेग्लाबेग्लै दर्ता गर्नु नपर्ने कुरा समेत प्रष्ट पारिन । उनीले रामेछापमा पशु चिकित्सक र कृषि विज्ञको व्यवस्थाका लागि पनि पहल गर्ने वताईन ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशसभाको उद्योग , पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेशमा विद्यमान कानुनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने चरणमा रहेकाले त्यसका लागि प्रदेशले प्रयाप्त छलफल र अन्तरक्रिया गर्ने वताए ।
रामेछाप बाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले रामेछाप जिल्लामा ढुवानीको समस्याका कारण ठुला उद्योगको स्थापनामा समस्या भएको वताए । उनले साना उद्योगहरुलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनका लागि प्रदेश मन्त्री समक्ष माग राखे । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले मन्त्री तामाङलाई सम्मान गरेका थिए ।