चिसापानी जनकल्याण समाजको अध्यक्षमा राजेन्द्र श्रेष्ठ दोहोरिएका छन। पौष २७ काठमाडौको क्वालिटी ब्याङ्क्वेट बुद्वनगरमा सम्पन्न २९ औ अधिबेशन बाट श्रेष्ठ पुन: अध्यक्षमा निर्वाचित भएको मन्थली ८ चिसापानीका भुवन श्रेष्ठले बताए ।
श्रेष्ठको नेतृत्वमा पदाधिकारी दोहिरिएका छन भने कार्यसमिति सदस्यमा केही नयाँ सदस्य आएको अध्यक्ष राजेन्द्र श्रेष्ठले दोभानचौर खबरलाई जानकारी दिएका छन। श्रेष्ठको पहिलो कार्यकाल उत्कृष्ट रहेकोले फेरि एक पटक दोहोर्याउन अनुरोध गरेको संस्थाका एक सदस्यले बताएका छन।
अध्यक्ष श्रेष्ठले पहिलो कार्यकाल भन्दा उत्कृष्ट काम गर्ने प्रतिबद्धता गरेका छन। यो टिम साझा छ त्यसैले सबैले निस्वार्थ भावनाले सहयोग गर्न सामेत अनुरोध। समेत अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका छन।