Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती

दोभानचौर खबर by दोभानचौर खबर
June 11, 2025
in समाज, गण्डकी प्रदेश
0
विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा असिम तिवारीले सुरु गरे अकबरे खुर्सानीखेती
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा), २८ जेठ 

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१ चौरका युवा असिम तिवारीले विदेशमा आर्जन गरेको सीपको सदुपयोग गर्दै स्वदेशमै व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्।

रसियामा दुई वर्ष कृषि क्षेत्रमा काम गर्दै अनुभव संकलन गरेका तिवारी केही समयअघि मातृभूमिमा फर्किएपछि आफ्नै गाउँमा कृषि व्यवसाय सुरु गर्ने लक्ष्यसहित अघि बढेका हुन्। फर्किएको दुई–तीन महिनामै उनले अकबरे खुर्सानीखेतीको योजना बनाएर कार्यान्वयनमा ल्याएका हुन्।

“देश तथा विदेशमा अकबरे खुर्सानीको माग उच्च देखेपछि व्यवसायिकरूपमा खेती सुरु गरेको हुँ”, तिवारीले भने, “अगाडि बढ्न विदेशको अनुभवले साथ दिएको छ।”

‘मातृभूमि कृषि तथा पशुपक्षी फार्म’ नामक व्यवसाय दर्ता गरी उनले ३० रोपनी जमिन भाडामा लिएर खेती सुरु गरेका छन्। जमिनको व्यवस्थापनदेखि मलखाद, औजार, नर्सरी उत्पादन र रोपाइँसम्मका सबै काम उनले स्वयम्‌को अग्रसरतामा सम्पन्न गरेका हुन्। जेठको पहिलो साताबाट उनले खुर्सानी रोपेका छन्।

तिवारीका अनुसार हालसम्म करिब २५ लाख रुपैयाँ लगानी भइसकेको छ। “३० रोपनी जमिनमा करिब २५ हजार अकबरे खुर्सानीका बिरुवा रोपिएको छ”, उनले जानकारी दिए। अनुकूल हावापानीका कारण यहाँ अकबरे खुर्सानी खेतीका लागि उपयुक्त भएको तिवारी बताउँछन्।

एक बोटबाट एकदेखि तीन किलोसम्म उत्पादन हुने अनुमान गरिएको छ। तिवारीको यस प्रयासमा हाल दुई जना अन्य युवा पनि सहभागी छन्। साथै, नगरपालिकाका कृषि प्राविधिकहरूबाट निरन्तर प्राविधिक सल्लाह र अनुगमन भइरहेको छ।

“देश फर्केर सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गर्दै यहीं केही गरौं भन्ने सोच थियो”, तिवारीले भने, “यसपालि खुर्सानीखेती सुरु गरेको छु, अबको वर्षदेखि बाख्रापालन पनि विस्तार गर्ने योजना छ।”

गाउँघरमा बाँझो जमिन बढ्दै गएको अवस्थामा युवाको यो पहलकदमीले खेतीपातीप्रति स्थानीयको चासो पनि बढाएको छ। तिवारीको फार्ममा अहिले आसपासका बासिन्दाहरू जानकारी लिन आउन थालेका छन्।

Previous Post

कवीर जयन्तीमा जनकपुरमा १५ नवजोडीको दाइजोमुक्त विवाह सम्पन्न

Next Post

मन्थली नगरपालिका–१ बालमैत्री वडा घोषणा

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
मन्थली नगरपालिका–१ बालमैत्री वडा घोषणा

मन्थली नगरपालिका–१ बालमैत्री वडा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार