काठमाडौँ, २० असार
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा २०८२ साल असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला, बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औं शाखा स्थापना गरेको छ। यस शाखा विस्तारसँगै मधेश प्रदेशमा बैंकका शाखाहरूको संख्या १५ पुगेको छ।
शाखा उद्घाटन समारोह बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिबज्यूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्काज्यू, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काज्यू, बैंकका मधेश प्रदेशका प्रमुख पुष्प राज उप्रेतीज्यू, बैंकका कर्मचारीहरू र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
एभरेष्ट बैंकले बर्दिबासमा शाखा स्थापना भएपछि यस क्षेत्रको आर्थिक गतिविधि थप सक्रिय हुने र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको छ।
पंजाब नेशनल बैंक (भारत) सँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकमा हाल करिब १४ लाखभन्दा बढी ग्राहक छन्। बैंकले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटीएम मार्फत सेवा दिँदै आएको छ।
बैंकले विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र कार्ड बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट पनि सेवा दिइरहेको छ।





