काठमाडौं, साउन ११।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले, मन्थली नगर काठमाडौं सम्पर्क मञ्चले एक बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल कमर्श क्याम्पस, मिनभवन, काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य क. गिता कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिइन् भने बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष क. अशोक कुमार ठकुरी विशेष अतिथिका रूपमा उपस्थित थिए।
रक्तदान कार्यक्रममा सम्पर्क समन्वय कमिटीका सदस्य धुर्ब कुमार श्रेष्ठ, बागमती प्रदेश सम्पर्क कमिटीका सचिव धन बा पुलामी मगर, उपत्यका बिशेष प्रदेश कमिटी सदस्य प्रकाश कुमार श्रेष्ठ मन्थली नगर सम्पर्क कमिटी इन्चार्ज राजेन्द्र श्रेष्ठ, रामेछाप जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कडेरीया र सचिव प्रकाश कार्की, रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रबिन्द्र भण्डारी, उपाध्यक्षद्वय दिलिप श्रेष्ठ र अम्बिका बोहोरा, पदाधिकारी सदस्य तथा इन्चार्ज रबिन्द्र कुमार श्रेष्ठ, मन्थली नगर कमिटीका अध्यक्ष एवं सदस्यहरू, क्षेत्रीय सम्पर्क कमिटी अध्यक्ष बिशाल श्रेष्ठ, पालिका सम्पर्क मञ्चका अध्यक्ष एवं सदस्यहरू, १४ वटै वडा सम्पर्क मञ्चका अध्यक्ष तथा पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी मन्थली नगरपालिका वडा नं. २ का अध्यक्ष सुरेन्द्र कार्की र वडा नं. ३ का अध्यक्ष कृष्ण गोपाल थापा, विभिन्न जनवर्गीय संगठनका सदस्यहरू, आमन्त्रित समाजसेवीहरू, स्वयंसेवी रक्तदाताहरू तथा नेपाल कमर्श क्याम्पस, मिनभवन, काठमाडौंको परिवारको उपस्थिति रहेको थियो।
कार्यक्रमका इन्चार्ज राजेन्द्र श्रेष्ठका अनुसार सो अवसरमा कुल ६९ जनाले रक्तदान गरेका थिए।







