Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जलवायु संकट सामना गर्न सहनशील नीति निर्माणमा सक्रियता बढाउन सभामुख घिमिरेको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
August 19, 2025
in दाेभानचाैर आज, समाचार
0
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको ह्रासजस्ता चुनौती कुनै एक देशले मात्र समाधान गर्न नसकिने भएकाले साझा प्रयास अपरिहार्य भएको बताएका छन्।

सोमबारदेखि सुरु भएको दुई दिने हिन्दूकुश हिमालय संसदीय बैठक को समापन सत्रलाई सम्बोधन गर्दै उनले हिन्दूकुश हिमालयलाई पृथ्वीको ‘तेस्रो ध्रुव’का रूपमा परिचित रहेको उल्लेख गरे। यस क्षेत्रमा करिब २४ करोड मानिस बसोबास गर्ने र करिब दुई अर्ब जनसङ्ख्या यसै क्षेत्रका प्राकृतिक स्रोतमा निर्भर रहेको बताए। उनले यो भूभाग पृथ्वीकै संवेदनशील क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै वैश्विक औसतभन्दा करिब दुगुना दरमा यहाँ तापक्रम बढिरहेकोले हिमताल पग्लनु, विध्वंसकारी बाढी, पानीको अभाव र सुक्खाजस्ता गम्भीर समस्या देखा परेको बताए।

हालै भारत, पाकिस्तान, नेपाल र चीनको सीमाक्षेत्रमा आएको बाढी तथा नेपालका तराई भूभागमा परेको अनावृष्टि जलवायु संकटका ताजा उदाहरण भएको सभामुख घिमिरेले बताए। उनले भने, “हामी वैज्ञानिक वा इञ्जिनियर नभए पनि सांसदका हैसियतले जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्छौँ, इकोसिस्टम जोगाउने कानुन बनाउन सक्छौँ, प्रदूषकलाई जवाफदेही बनाउन सक्छौँ र किसान तथा समुदायको पक्षमा आवाज उठाउन सक्छौँ। यी काम हामीले गर्नैपर्छ।”

बैठकको निष्कर्षमा सहभागी सांसदहरूले साझा संकल्प घोषणा गरेका छन्। संकल्पमा बैठकलाई नियमितरूपमा आयोजना गर्ने, संस्थागत संरचना निर्माणका सम्भावना खोज्ने, सांसदबीच अनुभव आदानप्रदानलाई निरन्तरता दिने र प्रभावकारी, समावेशी तथा जलवायु–सहनशील नीतिनिर्माणमा सांसदको भूमिका बढाउनेजस्ता बुँदाहरू समावेश छन्।

सभामुख घिमिरेले यो उपलब्धिलाई भावी पुस्ताका लागि सुरक्षित भविष्यतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै सबै प्रतिनिधिमण्डललाई धन्यवाद ज्ञापन गरे। उनले संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सक्रियता, प्राविधिक समिति, विषय विज्ञ, मोडरेटर, नेपाल सरकारका सम्बन्धित निकाय तथा इसिमोडको सहयोगप्रति आभार व्यक्त गरे।

Previous Post

सूचनाको हकसहित मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

Next Post

हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार