काठमाण्डौ: रौतहटमा शनिवार राति बन्द सुटकेसभित्र मृत फेला परेकी रुबी शाहको हत्या आरोपित लक्ष्मण पासवान जलेर घाइते अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, माधव नारायण नगरपालिका–६ बस्ने पासवान बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएका थिए। उनलाई प्रहरीले पक्राउ गरी उपचारका लागि गौर अस्पताल लगिएको छ।
माधव नारायण नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रुबी शाह एक महिनादेखि पासवानको घरमा बस्दै आएकी थिइन्। शनिबार उनका शव सुटकेसमा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा पासवान आफैं जलेर घाइते भएको घटनामा संलग्न रहेको संकेत देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरेको थियो।






