Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाढीपहिरो प्रभावित बिपी राजमार्ग तीन दिनपछि सञ्चालनमा

दोभानचौर खबर by दोभानचौर खबर
November 2, 2025
in दाेभानचाैर आज
0
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

तीन दिनदेखि बाढीपहिरोका कारण अवरुद्ध बिपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको थियो।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार अवरोध हटाउँदै र लेदो बगेका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसी क्षेत्रमा ५० मिटर डाइभर्सन बनाएपछि यातायात पुनः सुचारु भएको उनले बताए।

उनका अनुसार सुक्खा पहिरोले अवरोध हटाउन केही समस्या भए पनि शनिबारसम्म सुक्खा पहिरो रोकिएपछि राजमार्ग सञ्चालन गर्न सफल भएको हो। “सुक्खा पहिरो निरन्तर खस्दा काम रोकिएको थियो, अहिले स्थिर भएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको छ,” उनले भने।

अविरल वर्षाका कारण कात्तिक १३ गतेदेखि राजमार्गका विभिन्न भागमा ढुङ्गा र लेदोसहितका पहिरो खसेका थिए। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा, डालाबेँसी, नार्के, चारसयबेँसी र घुमाउने क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि बिहीबार रातिदेखि यातायात रोकिएको थियो।

गत वर्षको असोजमा आएको बाढीपहिरोले समेत बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो। त्यसपछि खोलामा अस्थायी सडक निर्माण गरी एकतर्फी तथा दुईतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको थियो।

बाढीपहिरोका कारण राजमार्गको १६० किलोमिटरमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकमा ठूलो क्षति पुगेको छ। सडक कार्यालयका अनुसार क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियामा अघि बढाइएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्वपूर्ण राजमार्गका रूपमा बिपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दै आएका छन्।

Previous Post

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग विशेष छलफल आज बालुवाटारमा

Next Post

Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार