काठमाडौँ: धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय र स्वप्ना पौडेल भण्डारी निर्वाचित भएका छन् भने सिनेटरमा विकेश लाल श्रेष्ठ र योगेश राजवंशी चयन भएका छन् । उपाध्यक्ष पदमा मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, देबु बानियाँ, रुपकबहादुर विष्ट तथा सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाछन्।







