Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

दोभानचौर खबर by दोभानचौर खबर
December 26, 2025
in समाज
0
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हकहित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो।

२०५१ साल पुस ११ गते सामाजिक सुरक्षा भत्ता शुरू गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ। जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ।

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्धभत्ता दिने घोषणा गरेको थियो। अहिले ज्येष्ठ नागरिकले चार हजार रुपैयाँ वृद्धभत्ता पाउने गरेका छन्। झन्डै १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन्।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ। ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिदै उहाँले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ।रासस

Previous Post

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

Next Post

रमेश लेखक बयानका लागि आयोग जाँदै, ओलीले लिखित जवाफ मात्रै पठाउने

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
 भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

रमेश लेखक बयानका लागि आयोग जाँदै, ओलीले लिखित जवाफ मात्रै पठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार